कोरोना प्रभावितका लागि १५५ बेड तयारी अवस्थामा

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावितका लागि १५५ वटा बेड तयारी अवस्थामा राखेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार टेकु, पाटन र बीर अस्पतालमा ४३ वटा बेड तयारी अवस्थामा छ । त्यस्तै अन्य अस्पतालहरुमा पनि बेड तयारीमा अवस्थामा राखिएको छ । तत्काल १५५ वटा बेड तयारी अवस्थामा राखिएको ति अधिकारीको भनाई छ । सरकारले ५० चिकित्सकलाइ विषेश तालिम दिएकाे ति अधिकारीकाे भनाइ छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण नभएकाले नआत्तिन र हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आग्रह गरेका छन् ।

रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भनेर आत्तिने प्रवृत्ति रहेको भन्दै हल्लाको पछि नलाग्न उनले आग्रह गरे । दुई महिनाअघि चीनको बुहानवाट सुरु भएको कोरोना भाइरसवाट अहिलेसम्म १ हजार ३०० को मृत्यु भैसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन