काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः सक्रिय गराउँदै दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी दिएको नेकपा (एमाले) ले विद्या पुनरागमनको देशव्यापी राजनीतिक सन्देश दिने तयारी गरेको छ ।
नेतृत्वको पुनसंयोजन, संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई एकैसाथ अघि बढाउने रणनीतिसहित एमाले दसैँ–तिहारलगत्तै देशव्यापी अभियानमा जाने तयारीमा जुटेको हो ।
भण्डारीको पुनरागमनपछि पार्टीले पहिलोपटक देशभरका नेता, कार्यकर्ता, जनप्रतिनिधि र संगठनका प्रतिनिधिलाई एकै ठाउँमा भेला गरेर राजनीतिक तथा सांगठनिक दिशा स्पष्ट पार्न खोजेको छ । आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई यही रणनीतिको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
एमालेले राष्ट्रिय भेलामा पार्टीका नीति, पारित दस्तावेज र वर्तमान राजनीतिक परिस्थिति’bout अभिमुखीकरण गर्ने जनाएको छ । तर यसको राजनीतिक महत्व नियमित सांगठनिक छलफलमा मात्र सीमित नगरी निर्वाचन केन्द्रित हुने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।
अघिल्लो निर्वाचनमा भएको कमजोर प्रदर्शनपछि नेतृत्व र संगठनको प्रभावकारिता’bout उठेका प्रश्न र बहसपछि भण्डारीको पुनरागमन भएको र त्यसको राजनीतिक सन्देश दिन भेला आयोजना गरिएको ओलीइतर पक्ष भनेर चिनिएको पक्षका एक नेताले बताए । ‘भेलाले नयाँ शक्ति सन्तुलन र स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउने आवश्यकताबीच एमालेको नयाँ स्वरुपको सन्देश दिइनेछ,’ उनले भने ।
पूर्वराष्ट्रपति भण्डारी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् । राष्ट्रपति निर्वाचित भएपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएकी उनी राष्ट्रपतिको कार्यकाल सकिएपछि पुनः पार्टी राजनीतिमा आउने चाहना राखे पनि रोकिएकी थिइन् । सदस्यता दिने नदिने सम्बन्धि लामो विवादपछि सदस्यता नवीकरण र पार्टीको वरिष्ठ नेताको जिम्मेवारी सहित सक्रिय रहने गरी गत साता मात्रै सपथग्रहण गरेकी छन् ।
एमाले केन्द्रीय कमिटीले असोजमा भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो । २२ असोजमा पार्टी कार्यालयमा शपथ लिएर स्थायी कमिटी बैठकमा सहभागी भएसँगै उनको औपचारिक राजनीतिक पुनरागमन भएको थियो ।
तर भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइनुलाई ओलीको उत्तराधिकारी घोषणा गरिएको अर्थमा पनि बुझिएको छ । विद्याको पुनरागमनले नेतृत्वसम्बन्धी बहसलाई नयाँ चरणमा पु¥याए पनि आगामी नेतृत्वको स्वरूप’bout पुर्वानुमान गर्न कठिन भए पनि स्थानीय तह निर्वाचनका लागि राजनीतिक सन्देश दिने प्रयत्नका रुपमा बुझ्न सकिने बताइएको छ ।
एमालेले मंसिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय भेलामा ३ हजार १६४ जना सहभागी गराउने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तहका पदाधिकारी, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधि भेलामा सहभागी हुनेछन् ।
भेलाको तयारीका लागि उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा पहिलो बैठकसमेत बसेको छ । बैठकमा राष्ट्रिय भेलाको व्यवस्थापन, प्रतिनिधिको सहभागिता र कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।
पार्टीले भेलालाई अभिमुखीकरणमूलक भने पनि यसको प्रभाव संगठन परिचालनमा देखिने अपेक्षा गरिएको छ । केन्द्रबाट तय गरिएका राजनीतिक सन्देश र पार्टीका दस्तावेजलाई प्रदेश, जिल्ला तथा पालिका तहसम्म पु¥याउनु, स्थानीय नेताहरूलाई एउटै अभियानमा जोड्नु र आगामी निर्वाचनका लागि संगठनको अवस्था बुझ्नु एमालेका लागि प्रमुख काम हुनेछन् ।
एमालेको अभियानको अर्को प्रमुख लक्ष्य आगामी स्थानीय तह निर्वाचनको तयारी हो । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि आगामी फागुनमा निर्वाचन गर्ने गरी तयारी अघि बढाएको सार्वजनिक गरेसँगै दलहरुले स्थानीय तह केन्द्रित रणनीति बनाउन थालेका छन् ।
निर्वाचनको समय नजिकिँदै गर्दा एमालेले वडा र पालिका तहका संगठनलाई सक्रिय बनाउने तयारी गरिरहेको छ । पार्टीको पूर्वनिर्धारित कार्यतालिकाअनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने तयारी छ । यसबाट राष्ट्रिय भेलापछि स्थानीय संगठनको नेतृत्व, जिम्मेवारी र परिचालनलाई निर्वाचनसँग जोड्ने बाटो खुल्ने प्रचार विभाग प्रमुख आचार्यले बताए ।
आगामी अभियानमा पार्टीले विगतका कमजोरीको समीक्षा, स्थानीय जनप्रतिनिधिको कार्यसम्पादन, जनताका अपेक्षा र उम्मेदवार छनोटका मापदण्डलाई समेत ध्यान दिएर जगदेखि नै बहस जगाउने तयारी गरेको हो ।
सम्बन्धित समाचार
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
मतदातासँग मत माग्दै गगन थापा
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू






