Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ ‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’

‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’

,

काठमाडौँ । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताइन् । उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै गर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।’

सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उनको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उनको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताइन् । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । उनले भनिन्, ‘सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।’

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताइन् । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उनले विश्वास व्यक्त गरिन् । उनले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पु¥याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पु¥याउने गरी बजेट विनियोजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताइन् ।

मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताइन् । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उनले बताइन् । त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेछ ।

विगतका अधुरा आयोजनामध्ये क्रमागत आयोजनालाई निरन्तरता दिइएको उनको भनाइ थियो । खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथमिकता दिएर क्षेत्रीय सन्तुलन मिलाइएको छ । मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ ।

मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तहको प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाका लागि बजेट विनियोजन गरेको छ । ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन् । मध्यम तथा ठूला शहरमा चौबिस घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना सम्भाव्यता अध्ययन भएको छ । यी आयोजनामध्ये आगामी आवमा पाँच आयोजनाको विस्तृत अध्ययन गरिने उनले बताइन् ।

एकीकृत खानेपानी तथा सरसफाइ आयोजना विभिन्न शहरमा सम्भाव्यता अध्ययन गरी आगामी आवमा पाँच आयोजनामा विस्तृत आयोजना अध्ययन गरिने मन्त्री मगरले बताइन् । तराई मधेशमा जनसङ्ख्या अनुरुप भूमिगत पानी घटिरहेकाले ठूला नदीमा आधारित थोक वितरण प्रणाली सञ्चालन गरिने मन्त्री मगरले जानकारी दिइन् । त्यस क्षेत्रमा आर्सेनिक समस्या समाधान गर्न हाल प्रदेशबाट कार्यान्वयन भइरहेका आयोजना सम्पन्न गर्न बजेट विनियोजन भएको छ । मन्त्रालयले खानेपानी सेवा नपुगेका बस्ती तथ्याङ्क सङ्कलन गरी खानेपानी सरसफाइ स्वच्छता अभियान वास योजना तयार गर्ने उनले बताइन् ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

साताका लोकप्रिय समाचार

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना उपचार खर्च पाउने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना...

इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

इलाम । इलाममा मंगलबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक गरी १६ जनामाा...

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

ट्रेन्डिङ

‘जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’

काठमाडौँ । सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम...

फुटबल खेलाडी जर्ज सहसेनानीमा बढुवा

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सहसेनानी (क्याप्टेन) मा बढुवा भएपछि सोमबार उनलाई नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद...

नुहाउन गएका बालकको डुबेर मृत्यु

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु भएको छ । वडा नं. ४ मा रहेको सार्वजनिक पोखरिमा सोहि वडा बस्ने...

फुटनजिक नेकपा

काठमाडौं । दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो...

दुःखीको सहयोगमा राखेप सदस्य कुँवर सक्रिय

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय...

कोरोना पोजेटिभ भेटिएपछि जनकपुरवासी त्रसित

जनकपुरधाम । कोरोना पोजेटिभमा जनकपुरधामका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयले भनेपछि जनकपुरधामवासी त्रसित भएका छन् । लकडाउनका मामलामा पछाडि रहेको जनकपुरधामको सडकमा मानिसहरू केही समयका...

वेस्ट ह्यामसँग लिड्सको हार

लन्डन । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा लिड्स युनाइटेड इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडसँग घरेलु मैदानमा २–१ ले पराजित भएको छ । इललान्ड...

आरसिटी र ब्वाइज युनियनबराबर

काठमाडौं । रानी पोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक खेल खेल्दै बराबरी अंक बाँडेका छन् ।...

सिरहामा कोरोना सङ्क्रमण शून्यमा झ-यो

लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी...

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । प्रधानन्यायधिस चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश...

कण्टेनरमा वीरगन्ज आइपुगका ५३ जना क्वारेन्टाइनमा ,चालकलाई कैद

वीरगन्ज । लकडाउनमा लुकिछिपी कण्टेनरमा वीरगन्ज आइपुगेका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । काठमाण्डौ, भरतपुर, र मकवानपुरबाट मालवाहक कण्टेनर चढी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)