रौतहट । रौतहटको कटहरियामा घरछेउको कोठाभित्र ह्यान्डल लक गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। कटहरिया नगरपालिका–३ बरेडवास्थित नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालको घरबाटै मोटरसाइकल चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जैसवालका अनुसार ना ५२ प ३४८१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल शुक्रबार राति सधैँझैँ घरछेउमा रहेको अतिथि कोठामा राखिएको थियो। मोटरसाइकलको ह्यान्डल लक गरेर राति करिब ११ बजे सुतेका उनी शनिबार बिहान ८ बजेतिर बाहिर जान खोज्दा मोटरसाइकल नभेटिएपछि मात्र चोरी भएको थाहा पाएका थिए।
सुरक्षित ठानेर घरभित्रै राखिएको मोटरसाइकल नै हराएपछि स्थानीयवासी सशङ्कित बनेका छन्। घरभित्रको कोठाबाटै मोटरसाइकल कसरी गायब भयो भन्ने विषयमा चासो र चिन्ता बढेको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। प्रहरीका अनुसार चोरी भएको मोटरसाइकलको खोजी तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि तीव्र अनुसन्धान भइरहेको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहले मोटरसाइकल चोरी भएको पुष्टि गर्दै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।
नगर कार्यपालिका सदस्यकै घरबाट मोटरसाइकल चोरी भएपछि सर्वसाधारणका सवारीसाधनको सुरक्षामाथि प्रश्न उठेको छ। प्रहरीले चोरी भएको मोटरसाइकल बरामद गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कस्तो कदम चाल्छ भन्नेमा स्थानीयको चासो रहेको छ।
सम्बन्धित समाचार
पर्सामा नापी प्रमुखलाई धम्क्याउने लेखनदास पक्राउ, छोरा फरार
चाडपर्वमा स्वच्छ र सुन्दर मौलापुर बनाउने अभियानमा जुटिन् मेयर रीना साह
पिपलको रुखमा भगवानको आकृति, भक्तजनको भीड
मन्त्री यादवले भने–हल्ला कम काम बढी हुनु प-यो
एउटै टोलका ३ सदा परिवारको झुपडीमा छैन दशैको रौनक
मृत घोषित भइसक्दा पनि झाँक्रीकै शरणमा
शिक्षाविद् रोशनले तयार गरे गाउँको विकासको खाका
रोजेको स्थानमा अनुमति नपाउँदा अन्यौलमा प्रथम सप्तरी एक्सपो २०८३






