मृत घोषित भइसक्दा पनि झाँक्रीकै शरणमा

राजविराज । धामी झाँक्रीको भरपर्दा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ कट्टी परवाहा टोलका ५ बर्षीय बालकले ज्यान गुमाएका छन् ।

बिषालु सर्पले टोकेका ५ बर्षीय बालक सुमित मण्डललाई तत्कालै अस्पताल पु-याउनुको साटो धामी झाँक्रीको भर परेर झारफुकमा समय खेर फाल्दा मृत्यु भएको हो ।

अन्धविश्वासमा पर्दा बालककाे ज्यान गयो

बुधबार दिउँसो घरको आगनमै खेलिरहेको बखत उनलाई बिषालु सर्पले डसेको थियो । सर्पले डसेपछि अतालिएका बालक दौडेर हजुर आमा फुलकुमारीको काँखमा पुगेर अचेत भएका थिए ।

उनलाई तत्कालै अस्पताल पु¥याउनुको साटो आफन्तले गाउँकै एक धामी झाँक्रीलाई बोलाए । धामीले झण्डै आधा घण्टा झारफुक र अन्य विधिमा समय बिताए । तर, बालक सुमित होसमा आएनन् । त्यसपछि उनलाई परिवारजनले कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याएका थिए ।

त्यहाँ भेन्टिलेटर सुविधा नरहेको र बालकको अवस्था अत्यन्तै गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले अन्यत्रको सुविधा सम्पन्न अस्पतालमा लैजान भनेपछि सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याइएको वुआ ओम प्रकाशले बताए । तर सो अस्पतालले पनि बालकको अवस्था नाजुक रहेको भन्दै अन्य अस्पतालमा लैजान सल्लाह दिएपछि गजेन्द्रनारायण सिह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको आमा रेणु देवीले सुनाइन ।

गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरीटेन्डेट डा.रञ्जित झाले अस्पताल ल्याउनु अघि नै बालकको मृत्यु भइसकेकाले मृत घोषित बाहेक अन्य केही उपाय गर्न नसकिएको बताए । उनले विषालु शर्पको विष शरिर भरी फैलिसकेको र ल्याउन ढिलाई गर्दा यस्तो दुखःदायी घट्ना भएको भन्दै अन्धविश्वासमा पर्दा अकाल मै बालकले ज्यान गुमाएको सुनाए ।

अचम्म त के छ भने धामी झाँक्रि प्रतिको विश्वास अभिभावकमा यतिकै मै सकिएन । चिकित्सकले मृत घोषित गरिसकेका बालकलाई अस्पतालको प्रवेश गेट नजिकै राखेर फेरि अभिभावकले गाउँबाट धामी झाँक्री नै बोलाए । अस्पताल गेट नजिकै राखिएको बालकको पार्थिव शरिरमा फेरी धामि झाक्रिले झारफुक सूरु गरे । तर बालकको शरिरमा कुनै हलचल देखिएन ।

धामि-झाक्रिले अस्पतालको मुल गेट मै एक मृत बालकको झारफुक विधी गरीरहेको जानकारी पाएपछि पुगेका मेडिकल सुपरिटेन्डेन्ट डा.झाले अभिभावकलाई अन्धविश्वासमा न पर्न भन्दै सम्झाएपछि उनीहरु बालकको शव लिएर निस्केका थिए ।

तर शव लिएर अभिभावक फेरी सिमावर्ती भारतीय बजार महादेवमण्ठ स्थित एक धामीको घरमा पुगे । त्यहा पनि धामिले झारफुकका विभिन्न विधी प्रयोग गर्दा पनि बालकलाई जीवीत पार्न नसकिएपछि निराश भई फर्किए । प्रहरीले सो घट्ना’bout चासो लिएपछी आफन्तले विहीवार गजेन्द्रनारायण सिह अस्पतालमा बालकको शव पोस्टमार्टमका लागी बुझाएको अस्पताल प्रशासनले जनाएको छ । विषालु शर्पले डसेपछि उपचारबाहेक अन्य कुनै विकल्प नभए पनि अभिभावकको अन्धविश्वासका कारण यस्तो दुखद् घटना भएको अस्पतालका मेसु डा.झाको भनाइ छ ।

यता दशैको मुखमा भएको यस्तो घटनाले परिवारजन संगै पृरै टोलवासी शोकमा डुबेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर