राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुर स्थित खडक खोला तटबन्धमा केही दिन यता निकै भीड लाग्ने गरेको छ ।एकाविहान होस वा अवेर राती सो तटबन्ध नजिकै रहेको एउटा पीपलको रुख भीडले घेरिएको हुन्छन ।

करिब ५० वर्ष पुरानो पीपलको रुखमा भगवान गणेशको आकृती देखिएपछी हेर्न आउनेको भीड लाग्ने गरेको हो । गत शुक्रवार स्थानीय यूवा प्रविण मण्डला घुम्दै जाँदा पीपल रुखको फेदमा स्थित जरामा भगवान गणेशको आकृती देखेका थिए । त्यस पछि एक कान दुई कान हुदै खबर गाउँभर पैmलियो ।
रुखमा देखिएको आकृतिमा अनुहार मात्र होइन । सुँड र कान पनि भगवान गणेश जस्तै देखिएको स्थानीयवासी सत्यनारायण साहले सुनाए । स्थानीयवासी सोमनी देवी मुखियाले रुखमा देखिएको आकृती भगवान गणेश संग हुबहु मिलेको सुनाईन । भगवान संग मिल्दो अनुहार कै कारण आफुहरु दर्शन र पुजा पाठका लागी आईपुगेको छिमेकी गाउँ बलानविहुल गाउँपालिका ३ कि रञ्जिता गोइतले सुनाईन ।
कुनै बेला सुनसान रहने गरेको उक्त क्षेत्रमा अहिले श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको डाक्नेश्वरी नगरपालिकाका मेयर राम लखन मुखियाले बताए ।
“पीपलको रुखमा देखिएको भगवान गणेशको आकृतिका कारण यस्तो अवस्था देखिएको हो, उनले भने–विहान र दिउँसो मात्र होइन, अहिले उक्त स्थानमा राती अबेर सम्म भजन किर्तन र पुजा पाठ हुन थालेको छ । ”
्भक्तजनको भीड बढ्दै गएपछी अहिले एक जना पण्डित पनि पुजा पाठका लागी उक्त रुख मुनी वस्न थालेको स्थानीयले जनाएका छन ।
सम्बन्धित समाचार
रसुवाको बाढीमा बेपत्ता सप्तरीका अधिकांशको कुशको प्रतिक बनाई अन्त्येष्टि
कागज र भाषणमै सीमित नेपाल–भारत मैत्रीपूल
सशस्त्र प्रहरीद्वारा तीन महिनामा मधेश प्रदेशबाट २७ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सीमामा पर्यटकलाई स्वागत
जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘मूलधार कांग्रेस’मा नेता व्यवस्थापनको सकस





