प्रदेश २ मा एकै दिन ३४८ जनामा कोरोना, संक्रमितको संख्या २७ सय नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा आज एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् ।आज एकदिनमा मात्रै यस प्रदेशमा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

योसँगै यस प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ७ सय २७ पुगेको छ । आज संक्रमित भएकाहरु मध्ये महोत्तरी जिल्लाका अहिलेसम्मकै सबैभन्दा बढि २ सय जना व्यक्तिहरु रहेका छन् ।

त्यस्तै रौतहटमा १ सय ११ जना, धनुषामा २६ जना, सर्लाहीमा ६ जना, बारामा ४ जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए । प्रदेशमा संक्रमित २ हजार ७ सय २७ सबैभन्दा बढि रौतहटका १ हजार ५ जना रहेका छन् । त्यस्तै ५ सय ३३ जना सर्लाहीका, ५ सय ७ जना महोत्तरीका, २ सय ११ जना धनुषाका, १ सय ५६ जना पर्साका, १ सय ३६ जना सप्तरीका, १ सय ३ जना बाराका र ७६ जना सिरहाका व्यक्तिहरु छन् ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?