काठमाडौं । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले आफूमाथि बदनाम गर्ने उद्देश्यले झुटा तथा आधारहीन समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । उनले आफूलाई बिचौलियासँग जोडेर आर्थिक लेनदेनलगायतका विषयमा लगाएर प्रचार गरिएका सामाग्री निराधार र भ्रामक भएको बताएका छन्।
बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत सांसद पोखरेलले अनलाइन सञ्चारमाध्यम ‘दियोपोस्ट’ मा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचारमा उल्लेख गरिएका आरोपमा कुनै सत्यता नरहेको र भ्रममा नपर्नसमेत अनुरोध गरेका छन् ।
उनले कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। समाचारमा उल्लेख गरिएका इमन सापकोटासँग पनि आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य सम्बन्ध नरहेको उनले स्पष्ट पारेका छन् ।
पोखरेलले आफूलाई जोडेर प्रस्तुत गरिएका कथित आर्थिक लेनदेन तथा अन्य आरोपलाई पूर्ण रूपमा भ्रामक र खेदजनक भनेका छन्। प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो नाम जोडेर समाचार प्रकाशित गर्नुले व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमा गम्भीर असर पार्ने उनले बताएका छन्।
आफ्नो नाम जोडेर सार्वजनिक भएका आरोप’bout कुनै प्रमाण भए सम्बन्धित निकायमा पेस गर्न चुनौती दिँदै उनले आफूले गैरकानुनी आर्थिक कारोबार वा बिचौलियामार्फत अनुचित काम गराएको गतिविधि नगरेको दाबी गरेका छन्।
उनले पत्रकारिता क्षेत्रलाई सत्यतथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गर्दै आफ्नो नाम जोडेर प्रकाशित समाचारमा गल्ती भए सच्याउन पनि अनुरोध गरेका छन्।
विज्ञप्तिमा पोखरेलले आफूले ३५ वर्षदेखि देश र नागरिकको सेवामा समर्पित भएर काम गर्दै आएको उल्लेख गरेका छन्। आफूले सधैँ सत्य, निष्ठा र विधिको शासनमा विश्वास गर्दै जिम्मेवारी निर्वाह गरेको उनको भनाइ छ।
उनले आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र तथा जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि
कांग्रेसले भन्यो: भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्ने निर्णय
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने






