काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ ।
सम्बन्धित समाचार
सुनकोशीमा खस्यो टाटासुमो, तीन जनाको मृत्यु
बीपी राजमार्गको सेल्फीडाँडामा यात्रुवाहक माइक्रोबस दुर्घटना, तीन जना घाइते
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
नेपालमा फेरि मौसमी बदलीको संकेतः एनपिएलका खेल प्रभावित हुनसक्ने
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, कम्तीमा तीन जना बेपत्ता
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै






