सडकले दिएको सास्तीः पहिरोको जोखिमले घरै छोड्न बाध्य

रुकुमपूर्व । असार महिना लागेसँगै सिस्ने गाउँपालिका- ५ का कमल नेपालीलाई भोक निद्रा हराएको छ । घरमाथि रहेको सडकबाट पहिरो खसेर घर बगाईदिने डरले उनको भोक निद्रा हराम भएको हो ।

कमलजस्तै सपना परियारलाई पनि वर्षात लागेसँगै चिन्ता बढेको छ । पहिरोकै डरले सपना नेपालीका ४ जनाको परिवार घरै छोडेर हिड्ने निधो गरेकी छिन् । वर्षातका कारण सडकमाथिबाट पहिरो आएर घर बग्ने डरले अन्तै झुप्रो हालेर परिवार जोगाउँने निधो गरेको उनले बताइन् ।

गत फागुन महिनामा रुमालबारादेखि मैदानसम्म निर्माण गरिएको सडकमा पहिरो खस्न थालेपपछि कमल र सपनाले बसाई हिड्नु परेको हो । उक्त सडक निर्माणको लागि सिस्ने गाउँपालिकाले रु २ लाख रुपैयाँ खर्च गरेको थियो ।

सडक निर्माण गर्दा आवश्यक तारजाली र पर्खाल निर्माण नहुँदा उनीहरुको घर जोखिममा परेको हो । सिस्ने गाउँपालिका-५ का अध्यक्ष सान्तेबहादुर विकले जोखिमा परेको घरको अनुगमन गरेको बताएका छन् । ‘बजेट अभावका कारण सडक निर्माणमा केही समस्या भएको हो’, वडाध्यक्ष बिकले भने, ‘पीडित परिवारलाई पहिलो चरणमा राहत वितरण गरिए पनि बास व्यवस्था गर्न सकिएको छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा