बायर्न लगातार आठौं सिजन च्याम्पियन

म्युनिख । जर्मन जाइन्ट बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेसलिगाको च्याम्पियन बनेको छ । लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्ने क्रममा बायर्नले मंगलबार राति बेर्डर ब्रेमेनमाथि १–० को जित निकालेको हो । बायर्न बुन्डेसलिगाको दुई खेल बाँकी रहँदै च्याम्पियन बनेको हो । समग्रमा यो बायर्नको २९औं उपाधि हो । २००९ मा च्याम्पियन बनेको बायर्न २०१३ यता, लगातार च्याम्पियन बनिरहेको छ । २०१० र ११ को सिजनमा बोरुसिया डर्टमन्ड च्याम्पियन बनेको थियो ।

यो सिजनको च्याम्पियन बन्ने क्रममा बायर्नले ३२ खेल खेल्दा २४ जित र समान ४ बराबरी र हारको नतिजा निकाल्दै ७६ अंक जोड्यो । अझै दुई खेल खेल्न बाँकी छ । मध्यम सुरुवात गरेको बायर्न डिसेम्वरमा बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएयता, बुन्डेस लिगामा अपराजित रहेको छ । फ्रेबु्रअरीमा आरबी लाइपजिगसँग बराबरीमा रोकिएको थियो । त्यसपछिको सबै १७ खेलमा बायर्नले शतप्रतिशत जित निकाल्न सफल भएको छ । बायर्नको उपाधि यात्रामा रोवर्ट लेवान्डोस्की नायक बने । उनले यो सिजन बुन्डेसलिगामा २९ खेल खेल्दै ३१ गोल गरे । उनी बुन्डेसलिगाको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेको छ । उनलाई आरबी लाइपजिगका टिमो वेर्नर (२५) ले पछ्याइरहेको छ ।

मंगलबार राति १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १–० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । वेर्डरविरुद्ध बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक साबित भयो । खेलको ४३औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । उनले जेरोमी बोएटिङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए । ७९औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो ।

अल्फोन्सो डेभिसले दोहोरो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन । अन्तिम समयमा घरेलु टोलीका जस सार्जेन्ट र युया ओसाकोको लगातारको प्रहारलाई बायर्नका गोलरक्षक तथा कप्तान म्यानुएल नोएरले बचाए । जितसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोडेको छ । बायर्नसँग पराजित भएसँगै ब्रेमेनलाई रेलिगेसनको खतरा बढेको छ । ब्रेमेनको ३२ खेलमा २८ अंक छ ।

बुन्डेसलिगाको अर्काे खेलमा बोरुसिया मोन्चेनग्लाडवाकले वल्फ्सवर्गमाथि ३–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लिन सफल भएको हो । घरेलु मोन्चेनग्लाडवाकको जितमा जोनास हफमनले दुई तथा लार्स स्टिनडिलले एक गोल थपे । जितसँगै तेस्रो स्थानमा उक्लिएको मोन्चेनग्लाडवाकको ३२ खेलबाट ५९ अंक पुगेको छ । मोच्नेनग्लाडवाकले एक खेल कम खेलेको बायर लिभरकुसनलाई २ अंकले पछि पारेको हो । लिभरकुसनको ५७ अंक छ । पराजित वल्फ्सवर्ग ४६ अंक जोडेर छैटौं स्थानमा यथावत् छ । यस्तै, युनियन बर्लिनसँग १–० ले पराजित भएसँगै पाडेरवर्न दुई खेल बाँकी छँदै रेलिगेसनमा परेको छ । पाडेरवर्न शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजन नै रेलिगेसनमा परेको हो ।

गत सिजन बुन्डेसलिगा २ बाट दोस्रो स्थानमा रहँदै पाडेरवर्न शीर्ष डिभिजनमा बढुवा भएको थियो । खेलको २७औं मिनेटमा बिन जोलिन्स्कीले गरेको आत्मघाती गोल नै बर्लिनको जितमा निर्णायक बन्यो । अब बाँकी रहेको दुई खेलमा जित हात पारे पनि पाडेरवर्नलाई शीर्ष डिभिजनमा रहिरहन पर्याप्त बन्नेछैन । पाडेरवर्नको ३२ खेलबाट २० अंक छ । जुन १७औं स्थानको वेर्डर ब्रेमेनको भन्दा ८ अंक कम हो । यस्तै, फ्रेइवर्गले हेर्था बर्लिनमाथि २–१ को जित निकाल्दै महŒवपूर्ण ३ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी