सरकारी अड्डामा जे देखेँ : अनुमति बिना प्रवेश निषेध

बन्दाबन्दी भन्दा केही दिन अगाडिको कुरा हो । भाइले उ र काका काठमाण्डौ आउने कुरा बतायो ।

‘तिमीलाई काठमाण्डौमा म सहयोग गर्न सकदिन दुई दिन पछि मेरो एम फिलको परीक्षा सुचारु हुदैछ । भाइलाई टिकट फिर्ता गर भनेँ ’ तर ढिला भएकाले काउन्टरले टिकट फिर्ता गर्न नमानेपछि भाई र काका रात्री बसबाट अर्काे दिन काठमाण्डौ ओर्ले । हुनत भाइले भनेका थियो ‘काकाको कर्मचारी किताबखाना र संचय कोष कार्यालयको काम आफै गराउन सक्छन् ।’

मन मानेन बिहान ६ बजे भाइलाई फोन गरेँ । पढाईमा बाधा पुग्ला भनेर मैले भाई र काकालाई कोठामा नबोलाई गौशलाकै कुनै धर्मशालामा फ्रेश भई १० बजे पुग्न भनेँ । म कीर्तिपुर बाट ९ः३० बजे निस्के हाम्रो भेट भो । काकासंगको अनौपचारीक गफपछि उनको सबै फाइल लिए । सरसती हेर्दै गर्दा उनको अवकास मिति र कार्य अवधि सोधे । उनको कार्यालले दिएको अभिलेख पनि ठयाक्कै मिल्यो । म काकालाई बाइकमा बसाएर बबरमहल पुगे र भाइलाई विस्तारै आउदै गर भने । त्यहा पुग्दा करिब १०ः३० बजको थियो । मैले काकाको फाइल लिएर दर्ता गर्ने ठाउँमा दिए ।

मोटाघाटा देखिने एउटा कर्मचारीले फाइल लिएर कागजात पुगे नपुगेको चेक जाँच गरे । ती कर्मचारीले मोटो बही खाता जस्तो देखिने पुस्तिकामा केही लेखी हामीलाई बाहिर चौरमा बस्न भने तबसम्म भाई त्यहा आइपुगीसकेको थियो । हामी एकछिन बाहिर सितलमा तीनजना बसेर घरपरिवारको गफ गर्न थाल्यौ । हामीसंगै चौरमा अरु मानिसहरु पनि बसेका थिए । करिब एक घण्टापछि म झयालतिर गएँ र काकाको फाइल प्रगति बुझन कोसिर गरे । ‘भाई काम हुदैछ, काम भएपछि बोलाउछौ,’ फाइल बुझेका कर्मचारीले भने ।

ढोकाको सामुने बसेका कर्मचारीले हाम्रो कुरै नसुनी बाहिर बस्नुस, यहा काम हुदैछ भने । कामको नाममा एक दुई जना बाहेक अरु गफमै व्यस्त थिए

काका र भाइले केही नखाएकाले मैले भाइलाई केही खानेकुरा किनेर ल्याउन भने । भाईले मेरो दबाबमा बाहिरबाट केक–चना पानीको बोतल किनेर ल्यायो, काकाको कुनै बेला काम पर्न सकछ भनेर उनलाई भाइसंग जान दिएको थिइन । करिब १२ बज्न लागेको थियो भाई एकचोटी बुझन के भो भनेर सोध्न पठाएँ । भाइलाई पनि त्यही जबाफ दिएर पठाएछ । भर्याङबाट ओहोर दोहोर गर्ने व्यक्ति तथा त्यही कार्यालमा काम गर्ने अरु कर्मचारीसंग बुझदा फरक–फरक कोठामा जान भनेँ । त्यहा पुग्दा हुदैन अर्काेतिर बुझन भनी पठाउथे । फेरी दर्ता गर्ने कर्मचारी संग सोध्दा झर्काे मान्लान् र कामै अडकेला जस्तो भएर हामीले सोध्ने दुसाहस गरेनौ ।

हामीसंगै फाइल बुझाएका मित्रले काम भइसकेको कुरा सुनाउदा आफुलाई ग्लानी बोध भयो । रीस पनि उठयो । ग्लानी यस कारणले की आफ्नो ’boutमा काका र भाइले के सोच्दैहोलान, यत्रो पढेको मान्छेले पनि सामान्य काम गराउन सकेन भन्लान् भन्ने भयो । रिस यस कारणले की आफूसंगै फाइल बुझाएका व्यक्तिहरुको काम भइसकेको जानकारी दिएका थिए ।

म संगै फाइल बुझाएका तर, मैले भन्दा पहिला काम गराएका व्यक्तिलाई सोधेँ । उनले जानुपर्ने कोठा देखाइदिए । कोठाको ढोकामै लेखिएको थियो । अनुमति विना प्रवेश निषेध । एकछिन आफूलाई रोके र प्रक्रिया बुझन कोसिस गरे । एकछिनपछि हामी जस्तै सेवाग्राही त्यहाबाट निस्केको देखेर म र पछि–पछि काका पनि कोठाभित्र पस्यौ । कोठा कम्प्युटर ल्याब जस्तै देखिन्थ्यो । करिब ५/६ जना कर्मचारी साथीहरु टेबलको आ–आफ्नो कम्प्युटरको स्कृनमा व्यस्त जस्तो देखिन्थे ।

ढोकाको सामुने बसेका कर्मचारीले हाम्रो कुरै नसुनी बाहिर बस्नुस, यहा काम हुदैछ भने । कामको नाममा एक दुई जना बाहेक अरु गफमै व्यस्त थिए । उनको अभद्र व्यवहारको बाबजुद पनि मैले काकाको नाम लिदै उहाँको फाईल यहा आएको छ भनेर सोेधे । काम गर्ने कर्मचारी बोल्नु भन्दा अरु दुई जनाले छैन भनिहाले । उनले हामीलाई कति चोटी बोलाएको जिकिर गरे । सर हामीलाई तलै बस्न भनेकाले हामी ३ घण्टादेखि तलै छौ । अब तपाईको फाइल अर्काे कोठामा जान्छ, तपाई बाहिर बस्नुस । म आफै लान्छु भनेर जिद्धि गरेपछि अन्तमा त्यो फाइल लिएर वडा हाकिम साहेबको कोठामा पुगेँ । शरीरको बोसोले या कामको चापले असिन पसिन भएको हाकिम साब कहाँ पुग्दा उनी टिफीन खान उठिसकेका थिए । रोक्ने कुरा भएन । एक छिन बाहिरै बसेँ ।

आधी घण्टा वितिसकेपछि मैलो एउटा कर्मचारीलाई सोधे टिफीन खाने समय कति ? बस्दै गर्नुस खाएर आइहाल्नुहुन्छ भन्ने जबाफ आयो । हाकिम साहबकै कोठामा एकजना महिला कर्मचारी देखे । टेबलमाथिको नाम पढदा उनी पनि अधिकृत रहेको थाहा पाएँ । नमस्ते टक्रयाएँ । काकाको फाइलको वृत्तान्त ४/५ मिनटमै सुनाए । सायद माया लाग्यो होला खाना जान लागेको टिफिन राखि काकाको फाइलमा हस्ताक्षर (साइन) गरिन । अब तपाईको काम यो कार्यालयबाट पुरा भयो ।

कर्मचारीहरु बीच समन्वय र इमान्दारीताको अभाव देखे । आधी घण्टामा हुने कामको लागि हामीलाई झण्डै ४/५ घण्टा कुर्नुपरेको थियो

पेन्सन पटा भेटेँ । ठुलै युद्ध जित्या जस्तै लाग्यो । ग्लानी बोध भएको मन हलुको भो । धन्यवाद दिए र त्यहाँबाट हामी बाहिर निस्कयौ । बाटोमा पियरे बर्डुले लेखेका पुस्तक भाषा र त्यसका सांकेतिक शक्ति (लयाङ्गविज एण्ड सिंमबोलिक पावर) जहाँ उनले भनेका छन् शब्दहरुका फरक–फरक (असमान) तौल हुन्छ (वर्डस आर लोडेडे विद अनइकुवल वेट) । शायद ढोकामा लेखिएका शब्द नपढेको भए सिधै कोठामा छिर्थे होला ।

कर्मचारीहरु बीच समन्वय र इमान्दारीताको अभाव देखे । आधी घण्टामा हुने कामको लागि हामीलाई झण्डै ४/५ घण्टा कुर्नुपरेको थियो । कर्मचारी सेवक हुन, सेवाग्राहीका । फेरी सेवग्राही पस्न अनुमति के का लागि ? कसका लागि ? सरकारको काम कहिले जाला घाम भनी साकार पार्नका लागि ।

गणतान्त्रीक व्यवस्था भएपनि जनताले अझै पनि त्यसको पूर्ण रुपमा अनुभुति पाएका छैन । सरकारको अभिन्न अंगका रुपमा रहेका कर्मचारीतन्त्रले यस व्यवस्थालाई साकार पार्न सहयोग गर्न सकछन तर यर्थार्थमा सहयोग भएको पाइदैन । आज हाम्रो देश लगायत संसार कोभिड–१९ भने महामारीसंग जुधिरहेको छ । विगत तीन महिनादेखि देश पुर्ण रुपमा बन्दाबन्दीको अवस्थामा छ । अर्थतन्त्र डमाडोल छ । जनतामा निराश र डर पैदा भएको छ । भोलिको दिन कस्तो होला भनी चिन्ताको मनोविज्ञानले घेरेको छ । सरकारले यसै बीच असाढ १ गतेदेखि कार्यालयहरु दुई सिफटमा खोल्ने घोषणा गरेको छ ।

तीन महिनादेखि अडकिएका कामहरु लिएर सेवाग्राहीहरु विभिन्न कार्यालयमा पुग्नेछन यसै बिच कति कर्मचारीहरु अवकास पाएका होलान । पेन्सन पट्टा बनाउन देखि बैक मालमोत यातायात विभागमा अनेक काम लिएर जाने होलान् यस अवस्थामा कर्मचारी मित्रहरुले सेवाग्राहीसँग सौहार्द व्यवहार गरेर समयमै काम सम्पन्न गरिदिए सेवाग्राहीहरु आर्थिक, मासिक शाररीक जस्ता विभिन्न जटिलताबाट मुक्त हुन्थ्ये ।

विभिन्न सेवामा प्रवेस गरेका कर्मचारीहरुले आफुलाई सेवक भन्ठानेर सेवाग्राहीको काम समयमै सम्पन्न गरे भने विगतमा देखिएका कर्मचारी प्रतिको आक्रोस कम हुदै जाने र जनताले ठूलो राहत पाउने दुविधा नहोला । देश निर्माणमा कर्मचारीको भुमिका अतुलिय हुन्छ भने कुरामा दुईमत देखिदैन । उदाहरण स्वरुप दोस्रो विश्वयुद्ध पछि शुन्यबाट उठेको जपानको विकासमा कर्मचारीतन्त्रको ठुलै हात रहेको सर्वबिदितै छ । अतः केही असहयोगी कर्मचारीहरुलाई राम्राले निरुतसाही गर्दै सेवा ग्राहीहरुलाई समयमै सेवा प्रदान गर्दै गयो भने कोभिड–१९ ले निमत्याएको क्षतिपुर्ति चाडै पूरा गर्न सकिने हामी सबै विस्वस्त छौ ।

लेखक त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 662 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना