भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज २१४३ नम्बरको सुमो आज बिहीबार बिहान ८ः५५ बजे सडकबाट अन्दाजी २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

दुर्घटनामा घाइते भएकालाई स्थानीयवासी र सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

दुर्घटना’bout थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलाको तीन हजार ३०० रूपैयाँले घट्यो