कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह