बारा । बारामा लागु औषध सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । कलैया उपमहानगरपालिका वडा नम्वर १०, मटिअर्वा स्थित सिमा नाकाबाट लुकाई छिपाई लागुऔषध लिएर आउँदै गरेको अवस्थामा दुईजना भारतीयलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धि पोष्ट मुरारपुर वडा ४ , का चन्दन कुमार मोतिहारी कै रामसिह छतौनी वडा ३ का मुकेश साह तेली रहेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
विशेष सुराकीको आधारमा प्रहरी नायव निरिक्षक लक्ष्मण पाठकको नेतृत्वमा सिमामा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा भारतको आदापुरबाट कलैया आउँदै गरेको ना २ ह ३६१४ नम्वरको अटोलाई चेकजाँच गर्ने क्रममा भारतीय नागरिकले पिठयुँमा कपडाका झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका भारतीय नागरिकको साथमा नोफिन २ एमएल ७ सय पिस, फेर्नगन २ एमएलको ७ पिस र डाइजेपम २ एमएल ७ पिसको दरले २१ पिस सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेकाहरुलाई लागुऔषध मुद्धामा अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।