सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किदाँ एक वृद्धाको मृत्यु भएको छ भने ३ जना घाइते भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने ६५ वर्षिया वृद्धा देवकलीदेबी सिह रहेकी छन् । त्यस्तै घाइतेहरु सोही वडा बस्ने ७० वर्षिय वृद्ध रामबरण साह, रोशन कापडको छोरी बर्ष ५ कि गुन्जना कुमारी कापड, बर्ष ३ कि जानुकाकुमारी कापड घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवँरले दिएका जानकारी अनुसार घर भत्किएर झन्डै १ लाख बराबरको क्षति भयो ।
गए साझ चन्द्रनगर गाउपालिका वडा नं ७ बस्ने कैलास साहको नयाँ बनाउदै गरेको घर खपडाले छाना छाउने क्रममा अचानक भत्किन गई मृत्क वृद्धासहित ४ जना घाइते भएका हुन् । गम्भीर घाइते वृद्धाको उपचारको क्रममा बिहीवार राति नै श्रीराम हस्पिटल मलंगवामा मुत्यु भएको थियो । त्यस्तै घाइतेहरु उपचारपश्चात घर फर्किसकेको प्रहरी प्रवक्ता कुवँरले बताए । मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।






