काठमाडौं । एभरेस्ट तेक्वान्दो डोजाङले विपन्न तथा पारा खेलाडीलाई नगद तथा खाद्यान्न सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । डोजाङले पारा तेक्वान्दोका पाँच जना राष्ट्रिय खेलाडीलाई जनही ५ हजारका दरले तथा दिलिप स्मृति तेक्वान्दो डोजाङका ६ जना खेलाडीलाई खाद्यान्न सामग्री वितरण गरिएको र आगामी दिनमा आवश्यकताअनुसार समस्यामा परेका खेलाडीलाई एभरेस्ट तेक्वान्दोले सहयोग गर्दै जाने नेपाल शाखा अध्यक्ष केशव थापाले जानकारी गराए ।
यस्तै, डोजाङले नेपाल शाखाका सम्पूर्ण सदस्यलाई पनि खाद्यान्न वितरण गरिएको जनाकारी गराए । खेलाडी तथा शाखाका सम्पूर्ण सदस्यलाई ललितपुर महानगरपालिका–१८ का सदस्य गोपाल डंगोलले हस्तान्तरण गरे । एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो प्रधान कार्यालय अमेरिकाबाट संस्थापक सिनियर मास्टर कुमारबहादुर कार्की तथा कल्पना कार्कीबाट प्राप्त भएको सहयोग रकम विपन्न तथा पारा खेलाडीलाई हस्तान्तरण गरिएको एभरेस्ट तेक्वान्दो नेपाल शाखाका उपाध्यक्ष बलराम कार्कीले जानकारी गराए । डोजाङले यसअघि पनि विपद्मा परेका खेलाडीहरूलाई सहयोग गर्दै आइरहेका छन् ।






