तनहुँमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनीहरु सबै सिमाक्षेत्रबाट उद्धार गरिएका नागरिक हुन् ।

घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २७, २४, २९ वर्षीया ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समुहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड