Tuesday, September 22, 2020
Home प्रदेश सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए

सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए


केही स्थानीयको दादागिरीबाट आजित

मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ हसनपुरसम्म सञ्चालन हुँदै आएका पानी जहाज बिहीवारदेखि थन्क्याईएका छन । केही स्थानीयको दादागिरीबाट आजित भएपछी जहाज थन्क्याएर आन्दोलनमा उत्रन बाध्य भएको प्रस्तावित नेपाल जलयातायात व्यवसायी महासंघका अध्यक्ष बिमलमान श्रेष्ठले बताए । पटकपटक नदि किनाराका केही स्थानीयले कमिशन माग्ने, विभिन्न धाक धम्की दिने, भाडा नतिर्नेलगायतका गतिविधि गर्दै आएका थिए ।

बुधबार मात्रै धनकुटाको शहिदभूमी र साँघुरीगढीको सङगम क्षेत्र त्रिवेणिमा १४ जना भारतीय पर्यटकलाई ६ घण्टा बन्धक बनाएपछी आफुहरू आन्दोलनमा उत्रन बाध्य भएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रा.लि. का संचालक राजेन्द्र कार्कीले बताए । बुधबार पर्यटक सवार दुई जहाजलाई केही स्थानीयले नियन्त्रणमा लिएर करिब ६ घण्टापछि छाडेका थिए । स्थानीय यूवाहरुले लामो समयदेखि जहाज संकलकहरुसँग हरेक यात्रुको भाडामा २० प्रतिशत कमिसन पाउनुपर्ने, स्थानीयलाई भाडा मिनाहा हुनुपर्नेलगायतका विषयमा बार्गेनिङ गर्दै आएको जलयातायात संचालकहरुको गुनासो छ ।

करिब ३ वर्ष यता व्यवस्थित रुपमा सप्तकोशी नदिमा मरिन इन्जिन (पानी जहाजमा लाग्ने इन्जिन ) भएका चारवटा कम्पनीका ७ वटा जहाज सप्तकोशीमा सञ्चालन हुँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका नदिहरुमा पानी जहाज सञ्चालन गर्ने बताएपछि हौसिएका सञ्चालकहरु यसमा भविष्य खोज्दै थिए । ‘करिब २० करोड रुपैयाँको लागतमा ७ वटा जहाज सप्तकोशीमा सञ्चालनमा छन् ।’ संचालक कार्कीले भने, तर वैधानिक भाडादर कायम नहुँदा लगानी डुब्ने खतरा बढ्दै गएको छ । 

नेपाल रिभर ट्रान्सपोर्ट प्रा.लि.का सञ्चालक अनिश थापाले बुधबारको घटनाले यात्रुको सुरक्षा जोखिम समेत बढेपछि जहाज सञ्चालनमा कठिनाई भएको बताए । उनले राज्य संयन्त्रले समेत जल यातायात सञ्चालकको कुरा सुन्ने काम नगरेको गुनासो गरे । पानी जहाजहरु पनि हवाईजहाज जस्तै संवेदनशिल हुन्छन्, तर त्यसलाई व्यवस्थित र सुरक्षित गर्न राज्यले उचित वातावरण बनाईदिनुपर्ने बताए । उनीहरुले पानी जहाजबाट अवैध सामाग्रीहरुको ढुवानीको जोखिम समेत रहेको भन्दै त्यसलाई चेकजाँच गर्ने संयन्त्रको समेत व्यवस्था हुनुपर्ने बताएका छन् । 


जलयातायात पूर्ण रुपमा बन्दभएपछि सुनसरी, धनकुटा, भोजपुर उदयपुरका करिब १ दर्जन गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् । पैदल चार घण्टाभन्दा बढी लाग्ने दुरी तय गर्न जहाजबाट १५ देखि १७ मिनेट मात्र लाग्छ । ती जहाजहरुले दैनिक ५ सय यात्रु र करिब ३ सय पर्यटकलाई चतरादेखि हसनपुरसम्मको यात्रा गराउँदै आएका थिए । जसको एकतर्फी भाडा ५ सय कायम गरिएको छ । 

आफुहरुको आन्दोलन सुरक्षाको पूर्ण प्रत्याभुति नभएसम्म जारी रहन्छ, प्रस्तावित जलयातायात व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठले भने‘ हामी आजित भएर प्रदेश राजधानी विराटनगर आएर पत्रकार सम्मेलन गरेका हौं ।’‘मिडियाले चाँडै सरकारको ध्यान आकर्षण गराउँछ र हाम्रो माग सम्बोधन हुन्छ भन्नेमा विश्वस्त छौं ।’ 
  
(Visited 40 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

काठमाडौँ । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको...

प्रदेश १ मा थपिए १६६ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा...

काभ्रेमा एकैदिन ७० जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार जिल्लामा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला...

इटहरीमा १८ घण्टा लोडसेडिङ : सर्वसाधारण भन्छन्, ‘सडकमा आगो बल्ने दिन नआओस्’

इटहरी । इटहरी २० कि दिलकुमारी राई मंगलबार बिहान आक्रोशित मुद्रामा थिइन् । इटहरीमा केही दिनयता देखि हुन थालेको लोडसेडिङका कारण उनी आक्रोशित भएकी...

भर्खरै

सर्लाहीमा कोरोना जित्नेको संख्या १५ सय १८ पुग्यो

सर्लाही । सर्लाहीमा पछिल्लो समय कोरोना संक्रमित बढेसँगै कोरोना जितेर निको हुनेको संख्या पनि बढिरहेको छ । सर्लाहीमा मङ्गलबार साझ सम्ममा कोरोना केश शुन्य...

वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

काठमाडौँ । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको...

सप्तरीको सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो

सप्तरी, राजविराज । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ । नागरिकसँग प्रत्यक्ष...

काेराेना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको हाे । विगत १४...

धेरै पढिएका

चितवनमा वडा प्रहरी कार्यालयका २६ जनामा कोरोना संक्रमण

चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

महोतरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ८ कटैया गाउँमा ट्याक्टरले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...

दण्डहीनताले बढाएको अपराध

दण्डहीनता अहिले बढ्दो अवस्थामा छ । सत्ताशक्तिको प्रभावका कारण कानुन कार्यान्वयन समानुपातिक ढंगले हुन नसक्दा नियन्त्रण हुनुपर्ने दण्डहीनता उच्चदरमा वृद्धि भइरहेको छ । पेसेवर...

थिएमले जिते यूएस ओपन उपाधि

न्युयोर्क । तेस्रो वरीयताका अस्ट्रेलियन डोमिनिक थिएमले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा थिएमले सातांै वरीयताका जर्मन एलेक्सान्डर...

ई-पेपर

(Visited 63 times, 1 visits today)