बारा । कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नको लागि अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ का प्रदेश सभा सदस्य ज्वाला साहले बाराका विभिन्न सरकारी कार्यालयमा शुक्रवार एक कार्यक्रम आयोजना गरेर अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन् ।
सेवाग्राहीको बढि भिड हुने सरकारी कार्यलयहरुमा स्वास्थ्य समाग्रीहरु वितरण गरिएको हो । सरकारले अति आवश्यक पर्ने सरकारी कार्यालयलाई विहान र दिउसो दुई सिफ्टमा सञ्चालन गरेको छ ।
सरकारी कार्यलयमा सेवा लिने आउने सेवाग्राहीलाई ध्यान दिँदै विभिन्न सरकारी कार्यालयमा अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरेको प्रदेश सभा सदस्य ज्वाला साहले बताईन् । कोरोनसँग सचेत हुनु नै उत्तम उपाय भएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले कोरोना संक्रमण भएको बेला अति आवश्यक स्वास्थ्य समाग्रीहरु उपलब्ध गराएर हाम्रो हौसला बढाएको भन्दै शाहको प्रसंसा गरे ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत तथा जिल्ला समन्वय समितिका कार्यलय प्रमुखहरुलाई अटोमेटिक हैण्डवास, सेनिटाईजर, मास्क, ग्लोब्स, लगायत सुरक्षाको समाग्रीहरु वितरण गरिएकोे छ ।