मुम्बई । आफ्नो नयाँ फिल्म ‘भूज’कोन्द्व निर्देशन अभिनेता अजय देवगन आफैंले गर्ने भएका छन् । यो फिल्मको छायांकन अब हुने भएको छ । फिल्मको छायांकनका लागि सम्बन्धित कार्यालयबाट अुनमति लिएको निर्माण पक्षले जनाएको छ ।
यो फिल्मको ६० प्रतिशतभन्दा बढी छायांकन सकिएपछि लकडाउन सुरु भएको थियो । त्यसपछि फिल्मको छायांकन रोकिएको हो । अजयका बुबा बिरु देवगन बलिउडका सफल द्वन्द्व निर्देशक थिए । उनको मृत्युपछि बुबाको यो पेसालाई अक्षय आफैंले अपनाउने भएका छन् । अजयले बुबाको थुप्रै फिल्ममा निर्देशक तथा द्वन्द्व निर्देशकका सहायक भएर काम गरिसकेका छन् । आफू पनि मार्सल आर्टमा पोख्त भएकाले उनले द्वन्द्व निर्देशनको जिम्मा लिएका हुन् ।
यो फिल्मको छायांकन चाँडै गरिने भएपछि आफ्नो एक्सन भूमिकाका लागि अजयले घरमै बसेर अभ्यास पनि सुरु गरेका छन् । केही दिनमै उनले आफ्नो एक्सनको तयारी पूरा गरेपछि छायांकन सुरु गरिने भएको छ ।
यसअघि नै अजय देवगनले फिल्म निर्देशन गरिसकेका छन् । उनले फाइट पनि निर्देशन गर्ने भएका थिए । तर, फिल्म निर्देशन र फाइट निर्देशन दुवै आफूले जिम्मा लिँदा अभिनयमा असर पर्ने बताउँदै उनले फाइट निर्देशन यसअघि गरेका थिएनन् । तर, यसपटक बुबाको सम्झनामा उनले फाइट निर्देशन पनि गर्न लागेका हुन् ।
फिल्म ‘भूज’ यही १८ अगस्टमा रिलिज गरिने भनिएको थियो । तर, भारतमा कोरोना संक्रमणको महामारी र लकडाउनका कारण अब आफ्नो फिल्मको रिलिज केही समयपछि सर्ने अभिनेता अक्षयले बताएका छन् । अहिले पनि भारतमा कोरोना संक्रमणको अवस्था महामारीका रूपमा रहेकाले पूर्ण रूपमा सुरक्षा अपनाउँदै यसको छायांकन सक्ने र त्यसपछिको अवस्था हेरेर मात्र फिल्मको रिलिजको नयाँ मिति सार्वजनिक गर्ने निर्माण पक्षको कथन छ ।






