नवलपुर । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ । १ सय १६ जना मध्ये दुई जना उपचार पछि निको भएर फर्किएका छन् भने ३ जना उपचारपछि घर फर्किएका छन् ।
शनिबार देवचुलीका २ जना, मध्यविन्दुको २ जना विनयी त्रिवेणीका १ जना, बुलिङटारका ११ जना र बौदीकालीका १ जना गरी शनिबार १७ जना संक्रमित थपिएका हुन् । ति सबै भारतबाट आएको हुन् । शनिबार संक्रमित पुष्टि भएका सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि लैजाने तयारी भइरहेको छ ।
कार्यालय प्रमुख केशवप्रसाद चापागाईले दिएको जानकारी अनुसार छुट्टा–छुट्टै ३ वटा परीक्षण प्रयोगशालाबाट जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त भएको नतिजाअनुसार नवलपुरका थप १७ जनामा संक्रमण देखिएको छ । भरतपुर प्रयोगशालामा भएको परिक्षणमा ५ जना संक्रमित भेटिएका छन् । देवचुलीका २, मध्यबिन्दुका २ र बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
मध्यविन्दु नगरपालिकाका १४ का २५ र २४ बर्षीय दुई जना पुरुष, देवचुली १ वस्ने वर्ष १९ का पुरुष, विनयत्रिवेणी २ वस्ने वर्ष २१ का पुरुष र देवचुली ७ वस्ने वर्ष २९ का पुरुषमा संक्रम देखिएकबो भरतपुर अस्पतालले जनाएको छ ।
चापागाईका अनुसार देवचुलीका ३१ मध्यबिन्दुका ११ र बिनयी त्रिबेणीका १५ स्वाव गरी ५७ नमुना परीक्षण भएकोमा ५ जनामा पोजेटिभ आएको हो ।
पोखरामा भएको परीक्षणमा बुलिङटारका मात्रै ११ जना संक्रमित देखिएका छन् । बुलिङटारबाट परीक्षणका लागी पोखरा पठाईएका १०८ मध्ये यसअघि ४३ स्वाव नेगेटिभ आएका थिए । आज ११ पोजेटिभ र ५ नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।
संक्रमित हुनेहरुमा १७, ३७, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ बर्षका ११ जना पुरुष छन् ।
यस्तै काठमाडौको प्रयोगशालामा भएको नमुना जाँचमा बौदीकालीका १७ बर्षीय १ जना पुरुषमा संक्रमण देखिएको छ । बौदीकालीका ३ स्वावको रिपोर्ट आएकोमा २ वटा नमूना नेगेटिभ छन् । काठमाण्डौ प्रयोगशालाबाट परीक्षण रिपोर्ट आए पनि यहाँबाट पोखरा पठाइएको स्वाव पोखराले काठमाडौ पठाएको हो ।
पोखरामा गैंडाकोटका १४ मध्ये ९ वटा नमूना र मध्यबिन्दुका ७४ मध्ये ५ वटा नमूना नेगेटिभ छन् ।






