महिना दिन पुग्यो, पिसिआर रिपोर्ट आएन

तुलसीपुर । महिना दिनसम्म पीसीआर रिपोर्ट नआएपछि तुलसीपुरको अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा बसेकाहरु आन्दोलित भएका छन् । क्वारेन्टाईनमा बसेकाहरुले होहल्ला गर्दै बाहिर निस्कने प्रयास गरेपछि रोक्नका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा दुई गाडी प्रहरी पठाईएको थियो ।

भोली भोली भन्दै एक महिना पुग्दासम्म पनि पिसीआर रिपोर्ट नआएपछि आफुहरु बस्न नसक्ने भन्दै तोडफोड गरेर बाहिर निस्कने प्रयास गरेपछि थप प्रहरी बल पठाइएको थियो ।

यसैबिच क्वारेन्टाईनमा बसेका, प्रहरी, स्वास्थ्यकर्मी र वडाध्यक्ष बिच ३ दिनभित्र पिसीआर रिपोर्ट नआएपनि छोड्ने सहमतिमा उनिहरुलाई रोकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले जानकारी दिए । ‘महिना दिन भयो रिपोर्ट आएको छैन । मान्छेहरु आत्तिरहेका छन् । कहिले मेसिन छैन । कहिले किट छैन भनेर कति दिन रोक्न सकिन्छ ,’ प्रनाउ सिहले भने ‘हाम्रो अरु पनि काम छ । मान्छेलाई सधैभरी राख्न पनि त गाह्रो हुन्छ नि ।’
रिपोर्ट नआएमा पनि होम क्वारेन्टाइनमा बस्नेगरी छाड्ने सहमति भएको प्रनाउ सिहले बताए ।

अध्यक्षले भन्छन् : अब म सक्दिन

यता तुलसीपुर उपमहागनरपालिका –८ का वडाध्यक्ष वेद बहादुर केसीले पनि मान्छेहरुलाई लामो समयसम्म रोक्न नसकिने बताएका छन् । ‘किन रिपोर्ट आउन ढिला भइरहेको छ । यसको जवाफ सरकारले दिनुपर्छ ,’ मैले व्यवस्थापन मात्रै गरेको हो । रातदिन डिउटी गर्ने जिम्मा त हैन । मैले अब सक्दैन । ’ यदि रिपोर्ट नआए पत्रकार सम्मेलन गरेर यसको जवाफ खोज्ने अध्यक्ष केसीले बताए ।

यता क्वारेन्टाईनमा बसेकाहरुले निरोगी मान्छेलाई पनि रोगी हुने गरी स्कुलमा हुलेको भन्दै तिब्र आलोचना र बिरोध गरेका छन् । तीन दिन भित्र पनि रिपोर्ट नआए आफुजसरी पनि घरमा जाने उनिहरुले चेतावनी दिएका छन् । अहिले क्वारेन्टाईनमा ६७ जना बस्दै आएका छन् ।

१० वटा क्वारेन्टाईनमा ६ सय ९ जना

तुलसीपुर उपमहानगरपालिकाका अनुसार ५ सय १३ पुरुष, ८३ जना महिला र १३ जना बालबालिका विभिन्न क्वारेन्टाईनमा बस्दै आएका छन् । क्वारेन्टाईनको मापदण्ड अनुसार १४ दिन बस्नु पर्ने भए पनि २५ दिन नाघेका करिब ३ सय ५० छन भने अन्य १४ दिन पार गरेका छन् ।

‘भिटिएमको पनि अभाव भयो । संकलन् गरेर पठाएको स्वाबको रिपोर्ट आउन पनि ढिला भयो,’ तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रसाद न्यौपानेले भने – ‘खेतिपातीको समयमा मान्छेहरु पनि आतिएका छन् । एउटा ठाउँको मात्रै हैन सबै क्वारेन्टाईनमा बस्दै आएका आक्रोशित छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार