भारतमा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ ।

सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् ।

प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् ।

ती मध्ये ५८ हजार ६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ६४ हजार १५३ जना सङ्क्रण मुक्त भएका छन् । महाराष्ट्र प्रदेशभरी कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच हजार ९८४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तमिल नाडु प्रदेशमा ५६ हजार ८४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित