लकडाउनकाे असर : उपाय खाेज्दै चलचित्रकर्मी

पोखरा । कोरोना भाइरस (कोभिड–१९) कारण प्रभावित बनेका क्षेत्रहरुमध्ये एउटा हो–फिल्म । नेपालमा ११ चैतदेखि सुरु लकडाउनसँगै देशभरका हलहरु पूर्णरुपमा बन्द भएका छन् । नेपाली फिल्म उद्योगबाट ३५ सय जना प्राविधिकको मात्रै रोजीरोटी खोसिएको छ । त्यतिमात्र कहाँ हो र, कलाकार, निर्माता, हल संचालक, कर्मचारी लगायत फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरु बेचैन छन् । ठूलो लगानी फसेको छ ।

उनीहरुको एउटै प्रश्न छ, कोरोना कहिले हट्ला र फिल्म क्षेत्र पहिलेकै अवस्थामा फर्किएला ?यसै विषयसँग सम्बन्धित रहेर चलचित्र पत्रकार संघ कास्कीले सरोकारवाला पक्षको प्रतिनिधित्व हुने गरी बहस ग-यो ।

‘लकडाउनपछिको नेपाली चलचित्र : चुनौती, यथार्थ र सम्भावना’ विषयक बहसमा थिए– निर्देशक अनुप बराल, कलाकार माओत्से गुरुङ र हलसञ्चालक निकेश द्वा । सहजीकरणमा थिए,पत्रकार अपिल त्रिपाठी ।

कोभिड–१९ कारण सामाजिक दूरी कायम गर्दै आयोजित कार्यक्रममा वक्ताले कोरोनाको चुनौतीबीच पनि अब अघि बढ्दै जानुपर्ने बताए । त्यस्तै, लामो समयदेखि फिल्म हल बन्द भएको हुँदा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम गर्दै हल विस्तारै चलाउनुपर्नेमा पनि जोड दिए । कोरोनाको विषम परिस्थितिपछि फर्किने समय उस्तै सम्भावना बोकेर पनि आउने कतिपयको अपक्षासमेत देखियो ।

निर्देशक बरालले कोरोना महामारीको बेला चिन्तित हुनुभन्दा अब के गर्न सकिन्छ भन्ने’bout ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले चलचित्र क्षेत्र खुम्चिनुभन्दा यसको माध्यम फराकिलो बन्दै जाने उनी सम्भावना देख्छन् । उनले फिल्म संस्कृति चिनाउनेखालको र मौलिक धारमा बन्नुपर्ने धारणा राखे । हलमा पपकर्न, कोल्ड ड्रिक्स खाँदै ठूलो स्प्रेक्ट्रममा फिल्म हेर्नुको मजा छुट्टै भएकोले महत्व भिन्न रहेको उनको भनाइ छ ।

निर्देशक बरालले कोरोना महामारीको बेला चिन्तित हुनुभन्दा अब के गर्न सकिन्छ भन्ने’bout ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले चलचित्र क्षेत्र खुम्चिनुभन्दा यसको माध्यम फराकिलो बन्दै जाने उनी सम्भावना देख्छन्

कलाकार माओत्से गुरुङले कोरोनासँगै लकडाउनले कलाकार मारमा परेको हुँदा राज्यले रक्षा गर्नुपर्नेमा जोड दिन्छन् । निर्देशकसमेत रहेका अभिनेता गुरुङले गुरुङ भाषामै निर्मित ५ वटा फिल्म डेट कुरेर बसेको र ७ वटा सुटिङको लागि जान लागेको बेला यो मारमा परेको बताए । बजेटका हिसाबले ठूलो सानो जे भए पनि भाषिक फिल्म (गुरुङ) मा करिब डेढ करोड रुपैयाँभन्दा बढी रकम फ्रिज भएको उनको गुनासो छ । लामो समयसम्म यही स्थिति रहे कलाकार तथा प्राविधिक अर्को क्षेत्रमा जान सक्ने सम्भावना पनि रहने हुँदा राज्यले विकल्प दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यो सामुदायिक माध्यम हो । समूहको सहभागिताबिना अघि बढ्न सक्दैन । सबैभन्दा जोखिम क्षेत्र हो ।’ उनले समयक्रमसँगै यसको स्वरुप फेरेर नेपाली फिल्म अब विस्तारै लयमा फर्किनुपर्नेमा जोड दिन्छन् । अबदेखि कथा प्रस्तुतिकरण, लगानी, प्रचार शैली र प्रदर्शन शैलीमा परिवर्तन आउने उनको अनुमान छ ।

हल संचालकको प्रतिनिधित्व गर्दै पोखरा मिडटाउन ग्यालेरिया सञ्चालक निकेश द्वाले सरकारले हल सञ्चालकहरुको समस्या पनि सम्बोधन गर्नुपर्ने बताए । उनले बैंक कर्जा घटाउनुपर्ने, समय अवधि थप्नुपर्ने, विभिन्न नामका कर खुकुलो बनाउनुपर्ने माग गरेका छन् । डिजिटल मार्केटिङ नेपालका सन्दर्भमा तत्काल सम्भव नभएकोले सामाजिक दूरी कायम गर्दै हल खोल्न दिनुपर्ने बताउँछन् ।

स्क्रिप्टमा फण्डिङको व्यवस्था गर्दै छौं : अध्यक्ष, दाहाल

विकास बाेर्डका अध्यक्ष दयाराम दाहालले  आफ्नै मौलिक मेकिङको शैली विकास गर्नुपर्ने भन्दै स्क्रिप्टमा केही ‘फन्डिङ’ व्यवस्था गरिरहेको बताए । नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पु-याउन मौलिक विषयवस्तु बाहेक अरु हुनै नसक्ने उनको दाबी छ

यस्तै, भिडिओ सन्देशमा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले चलचित्रको आर्थिक जोखिम न्यूनीकरण गर्नतर्फ लागेको जानकारी दिए । उनले समस्या समाधानका लागि विशेष कमिटी गठन गरेको र विभिन्न पेसागत संघसंगठनसँग अवधारणा लिएको भन्दै क्षेत्राधिकारभित्र रहेर गर्न सक्ने काम गर्दैआएको बताए । उनले आफ्नै मौलिक मेकिङको शैली विकास गर्नुपर्ने भन्दै स्क्रिप्टमा केही ‘फन्डिङ’ व्यवस्था गरिरहेको बताए । नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पु-याउन मौलिक विषयवस्तु बाहेक अरु हुनै नसक्ने उनको दाबी छ ।

२५ फिल्म प्रदर्शनकाे पर्खाइमा

चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारीले ५० फिल्म सुटिङ सकेर बसेको र २५ फिल्म डेट कुरेर बसेको अवस्थामा लकडाउनले यो क्षेत्रको १ अर्ब १५ करोड रुपैयाँ फ्रिज भएको जानकारी दिए । उनले तत्काल हल खोलेर चलाएपनि अकूपेन्सी घटेर ३३ प्रतिशतसम्म पुग्ने भन्दै राज्यले फिल्म लागतमा २० प्रतिशत सुरक्षा दिए बाँकी रिस्क बेहोर्न तयार आफूहरु तयार रहेको बताए । उनले भने, ‘राज्यले फिल्मलाई समस्याभित्रकै उद्योग राखिदिनोस् । लकडाउन अवधिको बिजुली महसुल, बैंक ऋण २५ प्रतिशतमात्र व्याज तिर्न तयार छौं । कर तिर्ने समय पुस मसान्तसम्म पु¥याइयोस् । मनोरजञ्जन कर तथा स्थानीय कर फ्री जोन बनाइयोस् ।’

चलचित्र कलाकार संघ अध्यक्ष रवीन्द्र खड्काले हरेस खानुपर्ने अवस्था नभएको भन्दै आशावादी बने । सबैजना एक भयौ भने समस्याको समाधान अवश्य हुने उनको भनाइ छ ।

अभिनेता एवं निर्माता दीपकराज गिरी, अभिनेत्री एवं निर्माता रेखा थापा विद्यमान समस्या समाधान गर्दै स्वस्थ प्रतिष्पर्धामा अघि बढ्नुपर्ने बताए । कार्यक्रममा चलचित्र पत्रकार संघ कास्की अध्यक्ष अरुण गिरी, सचिव प्रभू अधिकारी, राजाराम पौडेल, जूना थापा, युनिश गुरुङले पनि बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक