नागरिकता विधेयकको विरोधमा सर्लाहीमा कांग्रेसद्वारा प्रदर्शन

सर्लाही । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा सर्लाहीमा आइतबार प्रदर्शन भएको छ । सर्लाही सदरमुकाम मलंगवामा सरकारको बिरोधमा नेपाली कांग्रेस सर्लाहीले बिरोध प्रदर्शन गरेको छ ।

बर्तमान सरकार मधेश बिरोधी नागरिकता बिधेयक राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा प्रदर्शन भएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेस सर्लाही सभापती नागेन्द्र कुमार रायले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन विधेयक विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताए । विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढ्न पाउने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको प्रतिनिधिसभा सदस्य रायले बताए । सांसद रायले भारतसंग रहेको रोटीबेटीको सम्बन्धलाई बिगार्दै सरकारले बिदेशी बुहारीलाई दोश्रो दर्जाको नागरीक बनाएको आरोप लगाए । उहाले नागरिकताको ७ वर्षे प्रावधानले सरकारले बुहारीलाई लोकसेवादेखि लिएर उसको छोरा छोरी समेतको विद्यालय शिक्षा बाट बञ्चित गराएको आरोप लगाए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा भएको बिरोध कार्यक्रममा कुषि तथा भुमि व्यवस्थापन समिति प्रदेश नंं २ का सभापति तथा प्रदेश सांसद बिरेन्द्र सिंहले भ्रष्टाचारी सरकार बिरुद्धमा गोलबन्द भएर अवाज उठाउनु पर्छ, हामीले सरकारबिरुद्ध अवाज नउठाए हामीलाई हाम्रै देशको नागरीकताबाट सरकारले बञ्चित गरिदिन्छ ।’ यस्तो परिस्थतीमा सबै मधेशी जन्ता एकजुट भएर सरकारको बिरोद्ध गर्नुपर्ने समय आएको प्रदेश सांसद सिंहले मनत्बय दिएका थिए ।

बिरोद्ध प्रदर्शन नेपाली काँग्रेस पार्टी कार्यलयबाट सुरु भई जिल्ला समन्वय समितीको फिल्ड नजिक शहिद चौकमा कोण सभामा परिणत भएको थियो । बिरोद्ध प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य जंगीलाल राय, पुर्व जिल्ला सभापती लक्ष्मण राय, महिला नेत्रीलगायत सुर्य गह्रणको समय भएपनि हजारांैको संख्यामा जिल्लाभरीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित