अमरगढी नगरपालिकामा थपिए १४ जना कोरोना संक्रमित

डडेल्धुरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अमरगढी नगरपालिकामा १४ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

अजयमेरु गाउपालिका डडेल्धुराकी २ वर्षीय १ जना बालिकामा पनि कोरोना संक्रमण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा भएको परिक्षणमा डडेल्धुराका ५ महिला र १० पुरुष गरी १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।

अमरगढी नगरपालिकाका संक्रमितहरु वडा १० का ८ जना र वडा ११ का ६ जना रहेको अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताएका छन् । डडेल्धुरामा कुल संक्रमितहरुको संख्या २ सय २ जना पुगेको कोभिड सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान