सप्तरी, राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा उक्त कार्यालयले विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण कार्य अन्तिम चरणमा पु-याएको छ भने तीन वटा नयाँ पोखरी निर्माणसहित जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार गरेको छ ।
सोमबार सो कार्यालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा एक वर्षे अवधीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याएको उल्लेख गरिएको छ ।
डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा सतप्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको बताए ।
यस अवधीमा डिभिजनल वन कार्यालयले दुई स्थानमा सिमसार क्षेत्रको संरक्षण तथा एक स्थानमा अतिक्रमण हटाई वन व्यवस्थापन गरेको छ । यसै अवधीमा विभिन्न जातका १५ लाख बिरुवा उत्पादन गरेर सतप्रतिशत लक्ष्य प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्रामिण भेगका वनमा विविध जातका बिरुवा उपलब्ध गराइरहेको वन कार्यालयले चुरे क्षेत्र संरक्षणका लागि समेत विशेष कार्य योजना तयार पारेका छन् ।
वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सरोकारवाला समेतको रायसुझावमा एकिकृत कार्ययोजना बनाएर बढ्दा सफलता मिल्दै गएको उनको भनाई छ । वन कार्यालयद्वारा तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, बृक्षारोपण, जिविकोपार्जनका लागि वैकलिपक कार्यक्रम र सामाजिक सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ । सोमबारै राजनीतिक दल, रसरोकारवाला तथा संचारकर्मी सम्मिलित टोलीले डिभिजन वन कार्यालयद्वारा २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार संचालित वार्षिक वन विकास निर्माण कार्यको स्थलगत अनुगमन समेत गरेको छ ।
वर्षेणी जंगल क्षेत्र कम हुँदै गई साघँुरो बन्दै जानु, जंगली जनावरको अस्तित्व संकटमा पर्नु तथा हरियाली प्रवद्र्धन कार्य समेत प्रभावित भइरहेका बेला वन कार्यालयले तयार पारेको कार्य योजनाले जिल्लालाई आफ्नै क्षेत्रको वनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्व गरिएको छ ।






