तनहुँ । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् । सोमबार रातिदेखि आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तरगत ऐना पहरा भन्ने स्थानमा एक्कासी पहिरो खस्दा उक्तसडक खण्ड अवरुद्ध बनेको हो ।
पहिरोको कारण सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका हुन् । सडकमाथिबाट खसेको पहिरो हटाउने कार्य सुरु भएको छ । निरन्तर ढुंगा खसिरहेकोले सडकबाट पहिरो हटाउन केही समस्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।
बैकल्पिक बाटो नहुदा पहिरोका कारण अत्यावश्यक मालबाहक सवारीसाधन र इमर्जेन्सी बिरामी बोकेका एम्बुलेन्सहरु पनि रोकिएका छन् । डोजर लगाएर बाटो पन्छाउने काम धमाधम भइरहेको निरीक्षक क्षेत्रीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)






