सप्तरीमा एकै दिन थपिए १८ जना कोरोना संक्रमित

सप्तरी । सप्तरीमा मंगलबार एक महिलासहित १८ जनामा कोरोना संक्रमण फेला परेको छ । एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पटक संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोराना संक्रमितको संख्या १ सय ९५ पुगेको छ ।

पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने दुई जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् । १६ दिनअघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित मध्ये १६ जनाको परिक्षण रिपोर्ट गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएको अस्पतालका मेसु डा. रन्जित झाले बताए । यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका २ जनाको जनकपुरस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् ।

जिल्लामा हालसम्म फेला परेका कुल १ सय ९छ संक्रमित मध्ये ७९ जना निको भएर घर फर्किसकेका छन् भने १ सय १६ जना अझै आइसोलेशनमा राखि उपचार कार्य भइरहेको उनले जानकराी दिए । हालसम्ममा सप्तरीको १८ मध्ये १५ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित