बारा । बाराको प्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा आफनै पिसिआर मेसिन जडान देखि पुर्वाधार विकास योजना समावेश गरेको छ ।
गाउँपालिका अध्यक्ष भोला गुप्ताको अध्यक्षतामा भएको गाउँ सभाले गाउपालिकाको चारै दिशाको स्थानिय तहसँग समन्वय गरि चारै दिशामा रहेको स्थानिय तहलाई पायक पर्ने स्थानमा पिसिआर मेसिन सहित अस्थायी कोरोना अस्पताल स्थापना गरिने योजाना अघि सारेको छ ।
गाउँपालिकाले अगामि आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि वन तथा वतावरण, खानेपानी, सरसफाई, सिचाई तथा नदि नियन्त्रण, महिला बाल बालिका तथा जेष्ठ नागरिक, बहुक्षेत्रिय पोषण, उधोग, भौतिक पूर्वधार, सुशासन, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण र कर्मचारी व्यवस्थापन लगायतको विषयको प्राथमिकतामा राखेको छ । अगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम तय गरेको प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तुफाले जानकारी गराएका छन ।
गाउँ सभाको निति तथा कार्यक्रममा भौतिक पूर्वधारलाई प्राथमिकतामा राख्दै पूर्वधार विकासमा जोड दिने उल्लेख छ । कक्षा ८ तथा कक्षा १० मा २५ हजार र स्नातक गरे वापत सगुनको रुपमा ५१ हजार दिईने घाोषणा गरेको छ । एकल महिला पुरुषहरुको लागि विशेष कार्यक्रम ल्याईएको छ । १५ शैयाको अस्पताल संचालनको लागि केन्द्र तथा प्रदेश सरकार समक्ष पहल गरिने तथा सवै वडाहरुमा स्वास्थ्य सेवा संचालन अनिवार्य गरिनेछ ।
पर्यटन प्रवर्धनको लागि मठ, मन्दिर र महजिदलाई सौन्दर्यकरण गर्ने, एलानी जग्गामा वृक्षारोपण गर्ने लगायतको रहेको छ । ‘सवको साथ सवको विकास’ भन्ने नाराको साथ प्रसौनी गाउँपालिका विकासको बाटोमा अघि बडिरहेको गाउँपालिका अध्यक्ष भोला गुप्ताले बताए । हाम्रो विकासको मोडालिटि हेरेर प्रदेशका अधिकाश मन्त्रीले सराहना समेत गरेको उनको दावी छ ।






