Thursday, August 5, 2021
Homeबिचारहत्या र आत्महत्या पहिचान गर्ने तरिका

हत्या र आत्महत्या पहिचान गर्ने तरिका

,
sharethis

मृत्युका अधिकांश घटना विवादास्पद बन्दै आएका छन् । विपक्षी र रिसइबी परेकालाई फसाउने तथा आफन्त र पक्षलाई जोगाउने उद्देश्यमा आधारित राजनीतिक एवं सामाजिक प्रतिस्पार्धले पछिल्लो समयमा अनुसन्धान प्रभावित हुँदै छ । मृत्युलाई राजनीतिक मुद्दा बनाउने, स्वाभाविक मृत्युलाई कर्तव्यमा परिणत गराउने र हत्यालाई स्वाभाविक मृत्यु ठान्ने प्रवृत्ति विशुद्ध आपराधिक मानसिकता होइन । ज्यान मरेको घटनामा प्रारम्भिक चरणमै पूर्ण सजगता नअपनाई अनुसन्धान गरिए त्यही घटना पछि राज्यका लागि चुनौतीपूर्ण बन्छ । ज्यान मुद्दाको उत्थान सर्वसाधारणले गरिदिएको घटनास्थल र लास प्रकृति मुचुल्कासहितको प्रारम्भिक अनुसन्धानबाटै हुन्छ ।

घटनास्थल र लासको यथार्थ विवरणको झलक यथावस्थामै प्रकृति मुचुल्कामा उतारिएको हुनुपर्दछ । मुचुल्काको क्रमबद्ध विवरणलाई मिसिलमा दृश्य रूपमा परिणत गराई सुरक्षित बनाउन घटनास्थल र लासको फोटो र भिडियो खिच्न छुटाउनुहुँदैन । प्रकृति मुचुल्का गर्दा अनुसन्धान अधिकृत जतिकै मुचुल्का गरिदिने सर्वसाधारण नागरिक पनि सधंै सचेत बन्नुपर्दछ । सचेत बनिए घटनास्थल र लास प्रकृतिबारे पछि उत्पन्न हुन सक्ने सवालको जवाफ मिसिलले नै दिन सक्नेगरी तयार पार्न सकिन्छ । तथ्यले बोलेको कुरा हजारांै व्यक्तिले गरेको अनुमानले कहिल्यै बदल्न सक्दैन । यसर्थ, लासमा देखिएको प्रकृति केकस्तो छ ? भन्ने कुरा मात्र सबैले ख्याल राख्ने हो भने अनुसन्धान अधिकृतले मात्र होइन, सर्वसाधारण सबैले मृत्यु स्वाभाविक, आत्महत्या र कर्तव्य भनी प्रारम्भमै छुट्याउन सकिन्छ । यसपछि कसुरदार को हो ? उसले घटना कसरी घटायो ? भन्ने कुरा यकिन गरी घटनास्थलसँग उसको सम्बन्ध स्थापित गराउने दायित्व भने अनुसन्धान अधिकृतकै हो । नागरिकले नै गरिदिने मुचुल्का भएकाले प्रकृति मुचुल्का गोप्य हुँदैन ।

१. झुन्डी मरेको लासका लक्षण : ओठ फुस्रो हुनुको साथै आँखा खुलेको र आँखाको नानी फैलिएको ठूलो हुन्छ । आँखाको गेडी यथावस्थाबाट केही बाहिर निस्केको हुन्छ । जिब्रो बाहिर निस्केको वा ओठले च्यापेको अवस्थामा हुन्छ । अनुहार पहेंलो र मुख खुलेको हुन्छ । नाक, मुख गुदद्वार वा गुप्ताङको प्वालबाट रगत, ¥याल, लस्सादार पानी, वीर्य र मल निस्केको हुन सक्छ । डोरीले कसिएको घाँटीको भागमा डोरीको डाम हुन्छ । डोरी केही खस्रो छ भने डाममा रगत देखिन सक्छ । गर्धनको भाग साबिकभन्दा तन्किएको हुन्छ । साथै, गर्धनको पछाडिपट्टिको मेरुदण्डको हड्डी भाँचिन सक्छ । डोरीको गाँठो टाउको लटकिएको विपरीत दिशामा हुन्छ । झुन्डी मरेको लासमा घाँटीमा हुने डोरीको डाम गोलाकार हुँदैन । अर्धगोलो वा भी आकारको हुन्छ । डोरीको गाँठो प्रायः गरी टाउको लट्केको विपरीत दिशामा कानमुनि हुन्छ ।
झन्डिएको लासमा पोस्टमार्टम स्टेन खुट्टामा, हातमा र अनुहारमा हुन सक्छ । कहिलेकाहीँ शरीरको बोझले गर्दा डोरी सर्न गई घाँटीमा दुईवटा डाम पनि पर्न सक्छ । यस्तो भेटिए डोरीको अवस्था राम्रो हेर्नुपर्दछ । यस्तै, घाँटीमा हाड भाँचिएर वा जोर्नी खुस्केर मृत्यु भएको रहेछ भने घाँटी असाधारण तरिकाबाट बढी लुलो हुन्छ । जसको कारण मुन्टोलाई दाहिने बायाँ हल्लाउँदा सजिलैसँग हल्लिन्छ ।

अपराधलाई विशुद्ध अपराधकै नजरबाट हेर्न सकिएमा कुनै स्वार्थमा खेलबाड सम्भव हुँदैन

२. डुबेर मृत्यु भएको लास : लास चिसो, कपडा भिजेको, हिलोमाटो शरीरमा लागेको हुन्छ । डुब्ने व्यक्तिले मर्नुभन्दा पहिला वा अन्तिम अवस्थामा बाँच्नका लागि संघर्ष गर्ने हुँदा राइगरमोटिव छिट्टो देखापर्दछ । आँखा आधा खुलेको, आँखाको नानी फैलिएको, मुख बन्द वा आधा खुलेको र जिब्रो सुनिएको हुन्छ । पोस्टमार्टम स्टेन पानीतिर घोप्टिएको भागमा वा टाउको, घाँटी र छातीको अगाडिको भागमा पाइन्छ । नाक र मुखबाट साबुनको फिँजजस्तो फिँज आउँछ । यस्तो फिँज पुछेपछि पुनः छातीमा दबाब दिँदा पुनः देखापर्दछ । मर्नुअगाडि मृतकले बाँच्ने प्रयास गर्ने भएकाले मुठीमा समाएको बालुवा, ढुंगा र झारपात वा पानीभित्र पाइने चिजवस्तु हुन सक्छन् । शरीरको अगाडिको भागमा हाँसको छालजस्तो, छालामा दानादाना परेको हुन्छ, जसलाई गुज स्किन भनिन्छ । तर, कर्तव्यबाट पूर्ण रूपले नमर्दै पानीमा फालिएको भए पनि यस्तो दाग देखिने भएकाले यो त्यति भरपर्दो हुँदैन । यो अवस्थामा अन्य लक्षण गहिरिएर हेर्नुपर्दछ । मृतक पुरुष भए गुप्तांग र अण्डकोष चाउरी परेर खुम्चिएको हुन्छ । डुबेर मृत्यु भएको २४ घन्टा बितिसकेको भए हातखुट्टा सेतो र चाउरी परेको हुन्छ ।

३. जलेर मृत्यु हुँदा लासमा लक्षण : जीवित अवस्थामै पोलिएको घाउको वरिपरि रातो हुन्छ र यो स्थायी रूपमा रहिरहन्छ । मृत्युपश्चात् पनि यो रहिरहन्छ र पोलिएको भागको वरिपरिको छालाको किनारा रातो हुन्छ । जीवित कोषिकाले चोटप्रति उत्तेजना देखाउँदा यस्तो रेखा बन्छ । जीवित अवस्थामा जलेको त्वचामा फोकाभित्र तरल पदार्थ भरिएको हुन्छ । त्यो तरल पदार्थ परीक्षण गर्दा यसमा अब्लुमिन, क्लोराइड र केही श्वेत रक्तकोषिका पाइन्छ । साथै, घाउको पिँधको सतह रातो र सुनिएको हुन्छ । जीवित अवस्थामा पोलेको घाउको निको हुने प्रक्रिया वा रोगको कीटाणुका संक्रमण आदिका लक्षणहरू देखा पर्दछन् । जस्तो: सुनिनु, त्वचा रातो हुनु, पिप बग्नु, पाप्रा बस्नु तथा नयाँ त्वचा पलाउनु आदि । जीवित अवस्थामा जलेको लासमा नाक, घाँटी, श्वासनली र फोक्सोको झिल्ली सुनिएको रातो हुन्छ । यस्तो हुनुको कारण कार्बोल मोनोअक्साइड ग्याँसबाट रक्तकोषिका विषाक्त भएर हो । श्वास नली र फोक्सोमा धुवाँको कालोपना हुन सक्छ । जीवितै जलेको व्यक्तिको लासमा पोलेको घाउमा एक घन्टाभित्रै फोका उठ्छन् । पोलेको घाउमा २६ देखि ७२ घन्टासम्म पिप देखिने र पाप्रा बस्ने गर्दछ ।

४. विष प्रयोगबाट मृत्यु हुँदा लासका लक्षण : विष सेवन गरेको कारणले मर्नुअघि आँखा खुम्चिएर नानी सानो हुन्छ । मरिसकेपछि भने आँखाको नानी फैलिएर केही ठूलो हुन्छ । मर्नुअघि बढी तिर्खा लाग्ने भएकाले लासनजिक पानीको भाँडो फेला पर्न सक्छ । मर्नुअघि निन्द्रा लाग्न सक्ने भएकाले लास सुतेको अवस्थामा पाइन्छ । मर्नुअगाडि पसिना धेरै आउने र पखाला लाग्ने भएकाले लगाएको लुगामा त्यस्तो चिजवस्तु पाउन सकिन्छ । विषको असरले टाउको दुख्ने र चक्कर लाग्ने हुँदा लास असामान्य अवस्थामा पाउन सकिन्छ । मर्नुअगाडि आँखा टोलाउने र बेहोस हुने हुन्छ । शरीरमा कम्पन हुने भएकाले मृतक लासको मुखमा -याल निस्केको हुन्छ ।

आँखाको नानीबाट कहिलेकाहीँ रक्तश्राव हुने भएकाले सो पाउन सकिन्छ । मर्नुअघि विष सेवन गरेको व्यक्ति नातागत हुन्छ । शारीरिक अंगले काम गर्न छोडी सितांग बन्ने भएकाले लास लत्रिएको वा नसमालिएको अवस्थामा हुन्छ । मृतकको अनुहार हेर्दा पहेंलो देखिन्छ र कपाल तान्दा सजिलैसँग उखेलिन्छ । यो विष सेवनबाट भएको मृत्युको भरपर्दो प्रमाण हो । विषले वयस्क एवं तन्दुरुस्त मानिसभन्दा बालक तथा वृद्धलाई चाँडो असर पु¥याउने भएकाले त्यस्ता व्यक्तिको मृत्यु चाँडो हुन्छ ।

नागरिकले नै गरिदिने भएकाले घटनास्थल प्रकृति मुचुल्का गोप्य हुँदैन

५. घाटी थिचेर मृत्यु भएको लासमा लक्षण : घाँटी थिचेर हुने मृत्युमा मुखबाट -याल निस्कँदैन । कान, मुख र नाकबाट रगत निस्कन सक्छ । यदि डोरीको सहाराले अँठ्याएको हो भने डोरीको डाममा रगत देखिन सक्छ । साथै, डाम परेको भाग चम्किलो हुन्छ । घाँटीको मांसपेसीमा थिचेको वा अठ्याएको चोटको निसान हुन्छ । श्वासनलीको हाड, रुद्रघन्टीको हाड अधिकांशतः भाँचिएको हुँदैन । गर्धनको मेरुदण्डको हड्डी भाँचिएको हुँदैन । घाँटीमा, मुखमा वा शरीरको अन्य भागमा कोतरेको, घस्रेको निलडाम हुन सक्छ । महिला भए यौन अपराधका लक्षण पाउन सकिन्छ । मुख र आँखा रातो हुन्छ । श्वासनलीको दाहिने बायाँ घाँटीमा औंलाका डामहरू पाइन्छन् । डोरीको सहाराले अँठ्याएको भए डोरीको दाग रुद्रघन्टीमुनि गोलो आकारमा घाँटीको वरिपरि हुन्छ । डोरीको फन्को एक फन्कोभन्दा बढी र बलियो गाँठो छ भने हत्याको पर्याप्त आधार हुन्छ

६. हत्या वा मृत्यु ? पत्ता लगाउने तरिका : मानिस श्वास रोकेर बढीमा साढे तीन निमेटसम्म मात्र बस्न सक्छ, साढे तीन मिनेटभन्दा बढी श्वास पूर्ण रूपमा बन्द हुनुको मतलब व्यक्तिको मृत्यु हुनु हो । मृत्युको तुरुन्तै शरीरको सम्पूर्ण मांसपेशीमा कडापन सुरु हुन्छ । कडापनको यो अवस्था २४ घन्टादेखि बढीमा दुई दिनसम्म रहन्छ । लासमा देखिने कडापन सर्वप्रथम आँखाको मांसपेसीबाट प्रारम्भ भई घाँटीको पछाडि, घाँटीको अगाडि, अनुहारमा, छाती, पेट र हातखुट्टामा पुग्छ ।
यसैगरी, सामान्य तापक्रममा मृत्युको औसत १८ घण्टापछि लासमा दुर्गन्ध आउन थाल्छ । मृत्युको ४० घण्टापछि शरीरमा आगोले पोलेजस्तो पानी फोकाहरू देखिन्छन् । फोकाहरू रातो तरल पदार्थले भरिएका हुन्छन् । मृत्यु भएको तीनदेखि पाँच दिनपछि पेट फुटी आन्द्रा भुँडीबाहिर निस्कन्छ । यही समयमा कुहिने क्रममा मांसपेसीहरू हाडबाट छुटिन्छन् । श्वासनली, मस्तिष्क, आन्द्रा र पेट, फियो, कलेजो, गर्भाधारण गरिसकेको गर्भाशय जस्ता अंगहरू चाँडो सड्छन् । मुटु, फोक्सो, मिर्गौला, पिसाब थैली रक्तधमनी गर्भाधारण नगरेको गर्भाशय, पुरुषको प्रोटोस्टेन ग्रन्थी ढिलो सड्छ । गर्मी मौसममा डुबेको लास २४ घण्टामा सतहमा तैरिन्छ तर जाडो मौसममा यस्तो हुन दुईदेखि तीन दिन लाग्छ ।

यदि मृतकले घडी बाँधेको छ र आत्मरक्षार्थ प्रतिक्रिया गर्दा घडी बिग्रन गएको भए मृत्यु भएको समय निश्चित गर्न सकिन्छ । यदि मृतकको सुतेको अवस्थामा मृत्यु वा हत्या भएको भए पोस्टमार्टमको क्रममा पिसाब थैलीमा देखिने पिसाबको मात्राका आधारमा मृत्युको समय अन्दाज गर्न सकिन्छ । जस्तो पिसाब थैली खाली भए सुत्नासाथ मृत्यु वा हत्या, पिसाब भरिएको अवस्था भए बिहानी पखको हत्या वा मृत्यु हुन सक्छ । यसैगरी, पेटभित्रको खाद्य पदार्थको अवस्थाबाट पनि मृत्युको समय अन्दाज गर्न सकिन्छ । जस्तो पोस्टमार्टममा पेटमा पचिसकेको वा पच्न बाँकी अवस्थामा पेटभित्र खाद्य पदार्थ भेटिए मृत्युको समय पत्ता लाग्छ । मृतकले लगाएको पोसाकको आधारबाट पनि मृत्युको समय अन्दाज गर्न सकिन्छ । किनकि, कटनको कपडा दुई वर्षमा नष्ट हुन्छ । ऊनी कपडा तीन वर्षमा र सिल्क कपडा अन्दाजी ६ वर्षमा नष्ट हुन्छ । तर, मौसमको प्रतिकूल अवस्थाले यसमा केही लतमाथि पनि पर्न सक्छ ।

यसर्थ लक्षणको आधारमा मृत्यको कारण पहिचान गर्न सकिने भएकाले प्रहरी अनुसन्धान सोहीअनुरूप भए÷नभएको सर्वसाधारणले अनुगमन पनि गर्नुपर्दछ । प्रहरीलाई अनुसन्धानमा आवश्यक पर्ने सहयोग पु-याउनुपर्दछ । अपराधलाई विशुद्ध अपराधकै नजरले हेर्ने गरिए स्वार्थमा खेलबाड गर्ने व्यक्तिले घटनालाई तोडमोड गर्न पाउँदैनन् । कसुरदार कानुनको दायरामा आउने भएकाले पीडितले न्यायको अनुभूति गर्न पाउँछ । सबै सचेत नागरिक यसप्रति सधैं चनाखो रहे मृत्यु विवादास्पद ठान्न पाउँदैन ।

(Visited 432 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

अवसरवादीलाई वहिष्कार गरौं

राजनीतिक अवसरवादी यानेकी ‘राजनीतिक भतुवा’ शब्द सुन्नमै अशिष्ट छ । कसलाई राजनीतिक भतुवा वा अवसरवादी भनिएको हो भन्ने कुराले धेरैलाई आश्चर्य पनि लाग्न सक्ला...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले आज मंगलबार विज्ञप्ती जारी गरी सो घोषणा...

फेला परेका २३ मोटर साइकल सम्बन्धितलाई जिम्मा

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटर साइकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एवम् भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित...

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष...

ट्रेन्डिङ

संघीय सरकारले बोलाएको बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थित

जनकपुरधाम । कोरोनाको बिषयमा छलफल गर्न संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौंमा बोलाएको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागि भएनन् । कार्य...

झापामा सयौं भारतीय नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाइ फायर, भारतीयहरु भागे

भद्रपुर । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)