बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुघंटनामा परी १४ जना घाइते भएका छन् ।
फालाशैन बजारबाट सेरा बजार आउन लागेको जिप फालासैनमै दुर्घटना भएको बडीमालिका फार्मेसीका संचालक भरत बुढाले जानकारी दिएका छन् । घाइते १४ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बुढाले जानकारी दिएका छन् ।
घाइते सबै जनालाई मेडिकलमा सामान्य उपचारपछि अछामस्थित बयालपाटा अस्पताल पठाएको बुढाले जानकारी दिएका छन् । यता प्रहरीलाई भने दुर्घटनाको जानकारी जानकारी नपाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)






