बारा । बाराको विश्रामपुर गाउपालिकाले निति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा बुधवार गाउँसभाको गाउँपालिका अध्यक्ष अमिरीलाल पाल र उपप्रमुख सुमित्रा देवीले सयुक्त रुपमा पानसमा दियो बालेर गाउँसभाको उदघाटन गरेका थिए ।
निति तथा कार्यक्रममा गाउँपालिका क्षेत्रमा योजना तथा कार्यक्रम संचालनमा महिला, बालबालिका, आदिबासी, जनजाती आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग तथा क्षेत्र जेष्ठ नागरिक, दलित, मधेशी, मुस्लिम तथा पिछडा वर्ग लैङ्गिक अल्पसंख्यक आदिको विकास र उत्थानका निम्ति बिशेष जोड दिईने छ ।
शिक्षा स्वास्थ्य लगायतका सामाजिक आर्थिक तथा भौतिक पुर्वाधारको विकास तथा निर्माण, कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट गाउँबासीलाई सुरक्षित राख्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट गाउँको कृषि उघोग निर्माण लगायतका अर्थतन्त्रमा पर्न गएको असरहरुको पुनरुत्थान गर्ने, गाउँबासीका लागि काम र रोजगारीको अवसरमा बृद्धि गर्ने लगायत गाउपालिकाको निती तथा योजनामा समावेश गरिएको छ ।
गाउँपालिकाको कृषि तथा पशु पालनमा अधारित रहेकोले कृषिको माध्यमबाट आयआर्जन एवं स्वरोजगारको लागिविशेष प्राथमिक्ताका साथ कार्यक्रमहरु समावेश गरिएको छ ।
जिल्लामा विश्रामपुर गाउपालिका कषिमा अब्बल रहेकोले बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न कृषिमा उपज बढाउनको लागि विभिन्न कार्यक्रम तथा योजना समावेश गरिएको छ ।
कृषि उत्पादनलाई चाहिने मल, विउ, विषाधी उपकरण लगायत अन्य आवश्यक सेवाहरु सहज रुपमा उपलब्ध गराउन स्थायिन तहमा कृषि डिपो स्थापना गरि सहुलियत दरमा मल खाद वितरणको निति तथा कार्यक्रममा समावेस गरिएको छ ।
गाउँपालिका प्रमुख पालको सभापतित्वमा भएको गाउँसभामा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, संचारकर्मी, समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।






