काठमाडौं । माछापुच्छे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ । एस एस इभेन्ट्सको आयोजनामा शनिबारदेखि सुरु हुने सुपर सिक्सेस प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्री–क्वार्टरफाइनलको यात्रा तय गर्नेछ । समूह ‘बी’बाहेक अन्य सबै समूहमा तीन÷तीन टोली रहेका छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित आकर्षक गिफ्टका साथै अर्को वर्षको प्रतियोगितामा निःशुल्क प्रवेश पाउनेछन् ।
उपविजेताले पनि ट्रफीसँगै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपर, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीहरूले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै हिट दि बोर्ड र फेयर प्ले टिम पनि पुरस्कृत हुनेछन् ।
समूह ‘ए’मा भारतीय राजदूतावास, मेगा बैंक र सिप्रदी छन् । समूह ‘बी’मा नविल बैंक र सुविसु छन् । समूह ‘सी’ मा सिभिल बंैक, प्राइम कमर्सियल बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । समूह ‘डी’मा सनराइज बैंक, सूर्य नेपाल र माछापुच्छ«े, समूह ‘ई’मा एनसेल ‘ए’, ग्लोबल आईएमी बैंक र गोर्खा फाइनान्स रहेका छन् ।
समूह एफमा द काठमाडौं पोस्ट, कामना सेवा विकास बैंक र कुमारी बैंक रहेका छन् । समूह जीमा सेन्चुरी बैंक, एनआईसी एसिया बैंक र नेपाल राष्ट बैंक छन् । समूह एचमा आईसीएफ फाइनान्स, एनसेल ‘बी’ र नेपाल टेलिकम छन् । प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारसम्म चल्नेछ ।