चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

सप्तरी । सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारहरुलाई एक/एक लाख रुपैयाँ दिने प्रदेश २ सरकारले घोषणा गरेको छ । प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतक परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै प्रदेश सरकारले मृतक परिवारलाई जनही एक/एक लाख रुँपैया राहत स्वरुप दिने निर्णय गरेको जानकारी दिएका छन् ।

बिहीबार वर्षासँगै परेको चट्याङले डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको हो । तीन जनाको घटनास्थलमै तथा साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

पूजाका क्रममा सप्तकोशी किनारमा गएका बेला महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादवको मृत्यु भएको छ भने खेतमा रोपाईका लागि गएका राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहका र डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षीया ललितादेवी यादवको चट्याङ्गमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ्ग लागेर दुई जना घाइते भएको र उनीहरुको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित