मोरङ । प्रदेश १ बाट विहिबार एकै दिन ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको काेभिड १९ अाईसाेलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा माेरंङका १२,झापाका २९,सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भाेजपुर र ताप्लेजुङका १-१ जना डिस्चार्ज भएका हुन । विहिबार डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पाेखरेल,स्वास्थ्य कार्यालय माेरंङका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गरे ।
विहिबार ७० जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेकाे संख्या ३ सय ५५ पुगेकाे छ । प्रदेश १ मा विहिबार ७ जना संक्रमित थपिएका छन् । माेरङका १, सुनसरीका२ र झापाका ४ रहेका छन् । प्रदेश १ मा संक्रमितकाे संख्या ५ सय ३ पुगेकाे छ ।






