समयमै योजना सम्पन्न गर्ने दिशामा लाग्न मन्त्री अर्यालको निर्देशन

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन् । स्याङ्जा जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भिर रहेको बताइन् ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुा पनि महत्वपुर्ण हुने बताइन् । ‘के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउँ । योजना नपरेको होइन काम नभएको हो’, मन्त्री अर्यालले भनिन्, ‘अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?’

छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गरिन् । काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाई थियो । उनले भनिन्, ‘काम गर्ने तत्परता देखाउनुस् पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउँ ।’

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या समाधान हुने बताइन् । अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘कार्यान्वयनमा देखिएको उदाशिनता पहिलो नम्बरमा तोडौँ । विकासमा, समृद्धिमा एकता आजको आवश्यकता हो । साना साना कुरामा खेलोफड्को गरेर हामी झन पछि पर्दै गएका छौँ’, मन्त्री अर्यालले भनिन्, ‘अब हामी साना कुरामा भुल्ने होइन । हामी कसरी आफ्नो जिल्ला बनाउने भन्ने कुरामा विकासमा समन्वय गरेर जाने वातावरण बनाउँ ।’ आफ्नो जिल्ला बनाउने अभियानमा एकजुट भएर लाग्न उनले आग्रह गरिन् ।

यस आर्थिक वर्षको बाँकी महिनामा कति काम सम्पन्न गर्न सकिन्छ त्यसमा केन्द्रित भएर जान समेत आग्रह गर्दै मन्त्री अर्यालले। प्राथमिकता पहिचान गरेर अलि बढी बजेट त्यहाँ हालेर जान सुझाइन् । परिवर्तनको अनुभूति गराउने हात कर्मचारीहरुको हातमा भएको भन्दै उनले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा