ललितपुरमा कोरोनाबाट २ जनाको मृत्यु, ७ जनामा संक्रमण

ललितपुर । ललितपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु हुनेको संख्या २ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान करिब ७ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

चितवन स्थायी घर भई ललिपुरको महालक्ष्मी नगरपालिका टीकाथली बस्दै आएका मृतक पुरुष मृगौलाका बिरामी थिए । उनको करिब पाँच महिना अघि भएका मृगौलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत साता मात्र उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचारका लागी राखीएको थियो । यसअघि बुङ्मतीका कलेजो सम्बन्धी रोगबाट पीडित एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।
र्
यो सँगै ललितपुरमा कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको संख्या २ पुगेको छ, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले भनेर्, यसअघि कोरोना संक्रमण भएका बुङ्मती ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

यसैबिच ललितपुरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ७ पुगेको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा गेलालले जानकारी दिए ।

यसअघि अफगानिस्तानबाट नेपाल आएकी ललितपुर महानगरपालिकाकी एक महिला, महालक्ष्मी नगरपालिकाको टीकाथली बस्ने एक महिलामा, एक साता अघि कुवेतबाट आएकी एक हरिसिद्धीकी महिलामा कोरोना पुष्टि भएको छ । अफगानिस्तानबाट आएकी महिलाको एपिएफ अस्पतालमा र अरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै गत जेठ १८ गते सुनाकोठीमा एक सुत्केरी महिलामा कोरोना संक्रमण देखीएको थियो ।

त्यसैगरी बुङ्मतीका करिब ५७ वर्षीय पुरुष र ललितपुरै बस्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमा पनि कोरोना पोजेटिभ देखीएको थियो । कोरोना पोजिटिभ देखिएका ती चिकित्सक र सुत्केरी महिला निको भएर घर फर्किसकेको डा गेलालले जानकारी दिए । उपचाररत बिरामीको पनि अवस्था सामान्य रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ