Monday, May 17, 2021
Home अर्थ अधिकांश बैंकको नाफा वृद्धिदर घट्यो

अधिकांश बैंकको नाफा वृद्धिदर घट्यो

,

काठमाडौं । चालू आर्थिक वर्ष २०७६-७७ का ६ महिनामा २७ वटा वाणिज्य बैंकले ३३ अर्ब २० करोड ५१ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । चालू आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरणले अधिका्रश बैंकको नाफाको वृद्धिदर घटेको देखाएको छ । केही बैंकको नाफा नै घटेको छ ।

२७ वटा वाणिज्य बैंकले ६ प्रतिशत हाराहारीमा मात्र नाफा बढाएका छन् । आठवटा बैंकको नाफा घटेको छ । वाणिज्य बैंकले गत वर्षभन्दा २० करोड रुपैयाँ नाफा घटाएको छ । चालू आवको ६ महिनामा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासिक विवरणअनुसार ग्लोबल आईएमईले २ अर्ब १३ करोड, नविलले २ अर्ब ४ करोड र एनआईसी एसियाले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ ।

सिभिलले ३१ करोड ६२ लाख रुपैयाँ मात्र नाफा गरेको छ । ६ महिनामा सिभिलको नाफा घटेको छ । नविल, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट, सिटिजन्स, नेपाल एसबीआई र सिद्धार्थ बैंकको नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ । यसैगरी, प्रभु बैंक, एभरेस्ट बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बंगलादेश बैंकको नाफा न्यून प्रतिशत मात्र बढेको छ ।

बैंकहरूको वित्तीय विवरणले ग्लोबल आईएमई बैंक, एनएमबी र एनआईसी एसिया बैंकले नाफा बढाएको देखाएको छ । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमई धेरै नाफा बढाउने बैंक भएको छ । ग्लोबलले ७३ प्रतिशत नाफा बढाएको छ । एनएमबीले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि नाफा झन्डै ४७ प्रतिशत बढेको छ । एनआईसी एसियाले ३३ प्रतिशत नाफा बढाएको छ । यसैगरी, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, बैंक अफ काठमाण्डू, प्राइम कमर्सियल, सनराइज र सानिमा बैंकको नाफा न्यूनतम १० देखि ३० प्रतिशतसम्म बढेको छ ।

गत आवमा २५ प्रतिशतले नाफा बढेकामा चालू आवको मध्यावधिमा ७.९ प्रतिशतले मात्रै बढेको हो । गत वर्षको ६ महिनामा यस्तो नाफा ३० अर्ब ७५ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा नाफा घटे पनि सरकारी स्वामित्वको यो बैंकले आफ्नो पहिलो स्थान गुमाएको छैन । बैंकले ६ महिनामा २ अर्ब २० करोड नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २० करोडले कमी हो ।

त्यस्तै, उच्च नाफाका आधारमा दोस्रो स्थानमा रहेको नविलले २ अर्ब ४ करोड कमाएको छ, नाफा पनि गत वर्षभन्दा खस्किएको छ । जनतासँग मर्ज भएको ग्लोबल आईएमई बैंकले यसपटक नाफामा तेस्रो स्थान समेटेको छ । गत वर्ष यस अवधिमा तेस्रो स्थानमा रहेको इन्भेस्टमेन्टको नाफा लगातार घटिरहेको छ ।

मध्यावधिमा १६ बैंक १ अर्ब बढी नाफा कमाउनेमा परेका छन् । गत वर्ष यस अवधिमा १५ बैंक परेकामा यसपटक सानिमा बैंक थपिएको हो । सानिमाको नाफा १६ प्रतिशतले बढेको छ । नाफा वृद्धिदरका आधारमा एनएमबी बैंक अगाडि छ । उसको नाफा ४८ प्रतिशतले बढेको छ ।

राष्ट्रिय वाणिज्य, नविल, इन्भेस्टमेन्ट, सिद्धार्थ, नेपाल र एसबीआईको नाफामा गत वर्षको यस अवधिमा भन्दा कमी आएको छ । सिटिजन्स र सिभिलले पनि पहिलो त्रैमासदेखि नै नाफा बढाउन सकेका छैनन् । चालू आवमा स्प्रेड दर घटेकाले ऋण विस्तारमा कमी आउँदा नाफामा कमी आएको बुझाइ बैंकर्सहरूको छ ।

गत वर्ष ५ प्रतिशत स्प्रेड दर रहेकामा यस वर्ष ४ दशमलव ५ प्रतिशत मात्रै छ । गत वर्षसम्म बैंकहरूले सुरुमा ब्याजदर घटाएर पछि बढाउँथे भने यस वर्ष राष्ट्र बैंकले त्यस्तो गर्न नपाइने व्यवस्था गर्दा बैंकहरूले नाफा कमाउन पाएनन् ।
हरेक स्थानीय तहमा बैंकहरू खोल्नुपर्ने बाध्यताका कारणले पनि सञ्चालन खर्च बढ्दा नाफा घटेको बुझाइ बैंकर्सहरूको छ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूले २६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिसम्म २३ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएको छ । चालू आवमा राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा २१ प्रतिशतले बढाउने लक्ष्य लिएको छ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

साताका लोकप्रिय समाचार

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

ट्रेन्डिङ

भूकम्पीय पुनःस्थापनामा चुनौती

नेपालमा विक्रम संवत् १९९० माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै...

कोरोना विशेष अस्पताल बेलझुण्डी हाउसफुल

तुलसीपुर । तुलसीपुरको कोरोना विशेष अस्पताल बेलझुण्डी हाउसफुल भएको छ । ५० जनासम्म कोरोना संक्रमित राखेर उपचार गर्न सक्ने भएपनि अहिले ५१ जना संक्रमितको...

बाँकेमा कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका...

विपन्न परिवारलाई भोजपुरमा जस्तापाताको ‘छानो’

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णले वडालाई फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जस्तापाता वितरण...

कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने- मेरो स्वास्थ्य अवस्था सामान्य छ

गुल्मी । गुल्मीमा एकजना कोरोना संक्रमित गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मंगलबार एक प्रेस विज्ञप्ति...

नवीन पौडेल भन्दैछन् ‘लेउ खुकुरी लेउ…’

काठमाडौं । देश रोइरहेको छ, बेथितीले सिमा नाघेको छ । राज्यसन्चालकलाई आफ्नै पार्टीको गुट उपगुट मिलाउदै ठिक्क छ । यहि परिबेशलाइ समेटेर एउटा गीत...

यो वर्षको घोडेजात्रा औपचारिकताका लागि मात्रै मनाइने

काठमाडौँ । विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ । सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा...

२५ वर्षे तन्नेरीले मातेर ५१ वर्षिय महिलालाई जबरजस्ती गरेपछि…

काठमाडौं । ५१ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा फेदाप गाउँपालिका– ३ जलजले बस्ने २५ वर्षीय सिंहराज खापुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो खापुङले...

पुजारी मारिएको ठाउँमा सांसद साहले मन्दिर बनाउने

गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन्...

कोरोनाले मृत्यु भएकी महिलाको गाउँमा त्रास

वाग्मती प्रदेशले स्थापना गरेको द्रुत प्रतिकार्य टोलीको नेतृत्व गर्दे सामाजिक विकास मन्त्री युवराज दुलाल,उद्योग पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल सहित स्वास्थ्यकर्मीहरुको टोली मृतक...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)