नारायणी अस्पतालमा पिसिआर परीक्षण नै ठप्प

sdr

वीरगन्ज । कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको प्रदेश २ को नारायणी अस्पतालमा चार दिनदेखि पिसिआर परीक्षण कार्य प्रभावित भएको छ । थ्रोट स्वाव परिक्षणका लागि चाहिने रिएजेन्टका सामग्रीको अभावका कारण परीक्षण कार्य नै चार दिनदेखि प्रभावित भएको हो ।

‘बिहिबार बल्ल १ सय ७३ जनाको एक लट परीक्षण गरियो । तर तुरुन्तै रिएजेन्टका सामग्री नभएर काम स्थगित छ’, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु ) डा. मदन कुमार उपाध्यायले राजधानीसँग भने । साविकको परिक्षणलाई गतिलाई भने चारपाँच दिनदेखि निरन्तरता दिन नसकिएको उनको भनाइ छ । धनुषातर्फबाट पठाइएका १ सय ७३ जनाको स्वाव परीक्षण गर्दा त्यसमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । थप परीक्षण गर्न पिसिआर किट तथा रिएजेन्टका सामग्रीको अभावमा कायम नै छ डा उपाध्यायले बताए । ‘केही दिन अगाडी केन्द्रबाट पठाइएको रिएजेन्टको सामग्री प्रभावकारी नभएर उतै पठाई अरु माग गरिएको छ । जति चाँडो रिएजेन्टका आवश्यक सामग्री आइपुग्छन्, उति चाँडो कामलाई निरन्तरता दिन सकिन्छ’, उनले भने ।

वीरगन्ज क्षेत्रमा नामको मात्र लकडाउन
खुल्ला सीमा भएको यो क्षेत्रमा लकडाउन खुकुलो बनाइएको मात्र भनिए पनि त्यसको कुनै परिपालना भएको छैन । आम मानिसहरु कोरोना भाइरस नभएको समयमा झैं आफ्ना दैनिकी चलाइरहेका छन् । दूरी कायम गर्ने कुरा वीरगन्ज क्षेत्रको हकमा मित्थ्या जस्तै छ । ज्यादै थोरै अर्थात अल्पसंख्यक मानिसले मात्र यो कुरालाई पालना गर्नु पर्छ भनी अलि सचेत देखिन्छन् भने बाँकीको कुरा गर्नु नै बेकार हुने वीरगन्ज बजारका व्यापारीले बताए । यस्तो समयमा परिक्षणको दायरा बढाइनु पर्नेमा उल्टै चलिरहेको परिक्षणको गति समेत प्रभावित हुँदा संक्रमणको जोखिम झन बढ्ने खतरा रहेको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले बताए ।

काम विहीन ६३ लाखभन्दा बढिको महनगरले खरिद गरेको पीसिआर मेसिन
वीरगन्ज महानगरपालकाले बृहत रुपमा नगरवासी लगायतको स्वास्थ्य परिक्षण गर्ने हल्ला चलाई चन्दा उठाएर ६३ लाखभन्दा बढिको लागतमा पिसिआर मेशिन खरिद गरी नारायणी अस्पताललाई हस्तान्तरण गरिएको प्रचार गरेको छ । तर नारायणी अस्पतालमा भने मेशिनभन्दा पनि भीटिएम किट लगायत रिएजेन्ट सामग्री सधैं अभाव हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कहिले पिसिआर किट, त कहिले भिटिएम किट जस्ता रिएजेन्टका सामग्रीको सुरुका दिन देखि नै अस्पताललाई अभाव हुँदै आएको छ । यो कुरालाई राज्यका सम्बन्धित पक्ष वा व्यक्तिले समन्वय गरेर उपलब्ध गरिदिएको भए काममा धेरै सहजता हुने नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको कुनै तालमेल नहुँदा कार्य सम्पादनमा सकस भएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले सुरुबाट नै विभिन्न कार्यक्रममा भन्दै आएका थिए । सम्बन्धित पक्ष र व्यक्तिहरुले त्यो कुरा मनन् नगर्दा अहिले पनि कार्य सम्पादनका समस्या भइरहेको नारायणीका स्वास्थ्यकर्मीहरुले बताएका छन् । परीक्षणको दायरा फराकिलो पार्नु पर्ने यो समयमा झन सम्बन्धित पक्षको समन्वय नहुँदा समस्या थपिएको नारायणी अस्पतालका चिकित्सकहरुले तर्क गरे ।

घर–घरसम्म पु-याउनु पर्ने परीक्षणको दायरा
संक्रमणको जोखिम ह्वात्तै बढ्न थालेको समयमा लकडाउन खुकुलोका नाममा हटाइएको जस्तो छ । यस्तो अवस्थामा अझ परिक्षणको दायरालाई सर्वसाधारणको घर–घर सम्म पु¥याउने पथ्र्याे । तर त्यो कुरामा विभिन्न प्राविधिक समस्याले काम नै ठप्प हुनु गर्नु पर्ने दुःखद् अवस्था आएको नारायणी अस्पतालले जनाएको छ । खुल्ला सीमा भएको प्रदेश नम्बर २ का आठ वटै जिल्ला कोरोनाको उच्च जोखिममा भएको समयमा अहिलेको जस्तो सुस्त परीक्षणले पार लगाउन निकै सकस पर्ने नारायणी अस्पतालको चिकित्सकहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित