मायाघर नेपाललाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरीस्थित मायाघर नेपाललाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाँधमा जीवन बिताइरहेका मानवलाई पुर्नस्थापना गरी सीपमूलक तालिम सञ्चालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुनर्मिलन गराई जीवन दर्शन तथा आध्यात्मिक ज्ञानको मध्यमबाट समाजलाइ सुसंस्कार तर्फ डो¥याउने उद्देश्यले मायाघर नेपाललाई उक्त सहयोग रकम प्रदान गरिएको हो ।

हाल मायाघरमा विभिन्न उमेर समूहका असमर्थ अशक्त, अपांग र मानसिक सन्तुलन गुमेर सडकमा आएका ५४ जनालाई उद्धार गरी औषधोपचारसहित गाँस, बाँसको व्यवस्था गर्दै आइरहेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिएको छ ।

बैकले मुलुकभर फैलिएका ८९ शाखा, ९० एटीएम र १०३ शाखारहित बैंकिङ एकाइबाट करिब ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने