दैलेख । यहाँको जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढदै गएको छ भने सावधानी हट्दै गएको देखिन्छ । कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी समेतमा कोरोना पुष्टि भएको छ । कोरोना क्वारेन्टाईनबाट समुदायस्तरमा फैलिएको छ ।
जिल्लामा हालसम्म ७६५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने ४ हजार २ सय जनाको पिसीआर स्वाब संकलन गरिएको छ । १० हजार भन्दा बढी क्वारेन्टाइनमा रहेका व्याक्तिको आरडीटी नेगेटिभ देखिएकोलाई धमाधम घर पठाउने काम भइरहेको छ । ३६१ जना डिस्चार्ज भएर घर फर्किएका छन् । कतिपय पोजेटिभ देखिएको कोरोना संक्रमितलाई चेकजाँच नगर घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।
स्थानीय तहमा पोजेटिभ पुष्टि भएकालाई नेगेटिभ नआउँदा केही स्थानीय तहले आईसोलुशेनमा बसेका व्याक्तिलाई चेकजाँच नगरी धमाधम गाउँमा पठाईरहेका छन् । लक्ष्।ण नदेखिएको व्याक्तिबाट कोरोना अर्को व्याक्ति नसर्ने स्वास्थ्यकर्मीले बताए पनि कोरोना भाईरस भुसको आगो झै समुदाय फैलिई सल्किएको जिल्ला स्थित राजनितिक दलहरु बताउँछन् ।
तर नेकपाका कर्णाली प्रदेश कमिटीका सदस्य मयाराम अधिकारी भने कोरोना विश्वव्यापी फैलिएकोले विश्व आक्रातमा रहेको त्यसको मारमा दैलेख जिल्ला कर्णाली प्रदेशकै रेडजोनमा रहेको बताए । नेपाल सरकारले लकडाउनदेखि हालसम्म जिल्लाका अर्थतन्त्रमा गिरावट नआउने गरी सिमा र विमान बन्द गनुपथ्र्यौ त्यसो गर्न सकेन । नागरिकलाई उद्धार गर्ने नाममा व्यवस्थापन नगरी भारतबाट आएका नागरिकलाई धमाधम जिल्ला ल्याईनु नै गलत हो, त्यसले गर्दा जोखिम बढेको हो ।
भौगोलिक विकटताले,अर्थतन्त्रले गर्दा क्वारेन्टाइन मापदण्ड अनुसार भएन भन्नु गलत हो । तर स्थानीय सरकारले क्वारेन्टाईनमा बसेका नागरिकमा सचेतना फैलाउनुपथ्र्यौ कैदी झैं बनायो, नागरिक क्वारेन्टाइनमाथि वितृष्णा भएकोले क्वारेन्टाइन छाडेका हुन् । उनीहरु यदि सरकारले समयमै सचेतना फैलाउने, कुनै विषय सम्बन्धि ज्ञान दिने मनोसामाजिक परामार्श गर्न सुचना मुलुक कार्यक्रम राखिदिएको भए, विद्रोह असन्तुष्टि कुरा नआउने बताउँछन् । स्थानीय सरकारले नागरिकको व्यवस्थापन गरेपनि रचना नजोडिएको हुँदा क्वारेन्टाईनबाट भागेर घर जान थालेका हुन् । ‘भागेर घर गए रोग पनिसँगै जान्छ भन्ने ज्ञान दिनुपथ्र्यौ । त्यसो नहुँदा समस्या दिनप्रतिदिन थोपरिएको हो । अग्रिम चेतना, क्वारेन्टाइन बस्ने वित्तिकै योग शिविर सकारात्मक सोच कक्षा दिनुपथ्र्यौ क्वारेन्टाईनमा झडप हुने स्थिति आउने थिए’, उनले थपे ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय गरेको परिपत्र अनुसार नै आफुले आईसोलेशनमा रहेका व्याक्तिलाई घर पठाएको महाबु गाउँपालिकाका अध्यक्षले जंगबहादुर शाहीले बताए । ‘नेपाल सरकारले पोजेटिभ देखिएका तर कुनै लक्षण नदेखिएकालाई घर पठाउने परिपत्र आउँदा हामीले घर पठाएका हौं । यो कुरामा क्वारेन्टाइनका सबै खुशी भए जानु भयो तर एकजनाले जान मान्नु भएन । नेगेटिभ देखिएपछि जाने भन्नुभयो । क्वारेन्टाइनमा बस्नु भएको छ । ११ जना नेपाली सेनाले सुरक्षा दिइरहेका छन्, जवरजस्ती होइन । संक्रमितको राजीखुशी घर पठाइएको हो’ उनले भने ।
भारतबाट जिल्ला आउनेहरुलाई कहाँ कसरी राख्ने भन्नेतर्फ भन्दा पनि जिल्लाका सरोकारवालाहरुले त्यता खासै ध्यान नदिइ कोरोनालाई ख्यालख्याल सम्झिएपछि दैलेख कोरोनाको इपिसेन्टर बनेको कतिपय नागरिकको बुझाई छ । भारतमा रोजगारीमा गएकाहरु जिल्ला फर्किनु नै कोरोना भित्रिनुको प्रमुख कारण भएको सरोकारवालाको दाबी छ । तर स्थानीय भने सरोकारवाला गम्भीर लापवाहीले दैलेख कोरोनाको केन्द्र बनेको आरोप लगाउँछन् ।
भारतबाट आएका नागरिकको समयमै कोरोना परीक्षण नहुनु, क्वारेन्टाइन व्यवस्थित नहुनु, क्वारेन्टाइनमा मानिसलाई हुलेर राखिनु, सरसफाइमा ध्यान नदिनु, आइसोलेसनको नाममा स्वास्थ्यकर्मीविहीन मापदण्ड विपरीत क्वारेन्टाइनमा बिरामी राखिनु दैलेखमा कोरोना फैलिनु मुख्य कारण देखिएका छन् । स्थानीय तहले उनीहरुलाई उचित व्यवस्थापन नगरिँदा संक्रमणको जोखिम बढ्दै गयो। तर स्थानीय सरकार भने कोरोना व्यवस्थापनमा आफूले सकेको जति गरेको बताउँदै आएका छन् ।
जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीका अनुसार जिल्लामा कोरोनाले महामारी लिनुमा व्यवस्थापन नै मुख्य कमजोरी रहेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा बसालिएकाको समयमा परीक्षण नगरिनु, कोरोना पुष्टि भएकालाई होम क्वारेन्टाइनका नाममा घर पठाउनुले पनि दैलेखमा समुदायमा कोरोना पुगेको हो ।’ कोरोना पुष्टिपछि घर, नहुँदा क्वारेन्टाइन जिल्लाका स्थानीय सरकारले पछिल्लो समय भारतलगायत अन्य मुलुकबाट आएकालाई कोरोना संक्रमण पुष्टि भएपछि उल्टो बाटो अपनाउँदै घर पठाउने गरेका छन् । नारायण नगरपालिकामा दुई सयभन्दा बढी कोरोना संक्रमित रहे पनि सबैलाई आइसोलेसनमा राखिएको छैन । कोरोना पुष्टि भएकालाई सुरक्षित आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। तर नगरपालिकाले २ सय २ जनामध्ये १ सय ८८ जनालाई घर पठाएको छ। तीमध्ये केही मात्र कोरोनामुक्त हुन् ।
क्वारेन्टाइनको नाममा पालमुनि जनतालाई राख्दै आएका स्थानीय सरकारले कोरोना देखिएकालाई समुदायमा पठाउने गरेको छ । नारायण नगरपाकिाल स्वास्थ्य शाखा प्रमुख नगेन्द्र बहादुर हमालका अनुसार कोरोना संक्रमितलाई क्वारेन्टाइन बसाइ अवधि काटेकालाई घर पठाइएको जानकारी दिए । यता कोरोना विपद व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पनि स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसार संक्रमितलाई घर पठाइएको बताए। दैलेखमा कोेरोना संक्रमण चोथौं चरणमा प्रवेश गरिसके स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मी जानकारी दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारीमा कोरोना संक्रमण देखिनुले पुष्टि गरेको भनाइ छ । जिल्लामा सरकारी कर्मचारी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत गरी ४३ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।






