कमिशनको लोभमा एक्स्रे पनि निजीमा गराउछन् सरकारी अस्पतालका डक्टर

बारा । सदरमुकाम कलैया उपमहानगरपालिका स्थित अस्पतालका चिकित्सकले बिरामी जाँचमा खेलाँची गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

उपमहानगरपालिका वडा नम्वर ३ को प्रमोद गुप्ता आफनो ५ वर्षिय छोरा सुरज गुप्ताको उपचार गराउन पुगेपनि चिकित्सकले जाँचै नगरेको बताछन् ।

छोराको खुटामा चोट लागेपछि छोरालाई लिएर अस्पताल पुगेका गुप्ताले नवजात शिशु तथा बालरोग डा. नितेश यादवलाई देखाए । छोरा लडेर घाइते भएको जानकारी गराएपछि डक्टर यादवले फ्लेक्सन नामक एक सिरफ लेखिदिए । उनले एक्स्रे गर्न आग्रह गर्दा डाक्टरले रिसाउदै पुर्जी च्यातिदिएको उनको भनाई छ ।

गुप्ताले मेडिकल सुपरिडेन्ट विरेन्द्र मण्डलसँग गुनासो गरेपनि मण्डलले वेवास्ता गरेको गुप्ताको भनाई छ । सरकारी अस्पतालका चिकित्सकले अस्पतालमा भएको सामग्री बिगारेर सेवाग्राहीहरुलाई निजी क्लििनकमा चेकजाँच गराउन पठाउने गरेको अस्पतालमा कार्यरत कर्मचारी नै बताउछन् ।

निजी क्लिनिकमा चेकजाँच गराउन पठाउदा कमिशन आउने आउने लोभले एक्स्रे समेत अस्पतालले नगरिदिने गरेको गुनासो सेवाग्राहीको छ ।

तपाइको प्रतिक्रिया
(Visited 551 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित