सर्लाही । सलार्हीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेको अंदाजी वर्ष ७० वृद्ध रहेको प्रहरीले जनाएको छ ।
सर्लाही कबिलासी न.पा. १० स्थित नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नबलपुर तर्फ जादै गरेको बा १० प ४४८१ न. मोटरसाइकलले पदैल यात्रीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा पैदलयात्रीको टाउकोमा चोट लागि बोल्न नसक्ने गरी गम्भीर घाइते भएको थियो । गम्भीर घाइते बृद्वलाई थप उपचारको लागि बिरगंज लाने क्रम्मा बाटोमा मृत्यु थियो । मृतक वृद्धको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याई राखिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सर्लाही जिल्लाको मंलगवा न.पा. ५ भाडसर बस्ने मोहम्मद गुलाम गैसको दाहिने हात, दाहिने खुट्टामा चोट लागेको तथा सरकारी अस्पताल मंलगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रयोग भएको मोटरसाईकल प्रहरी चौकी कबिलासीको नियन्त्रणमा तथा चालक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सलार्हीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।







