लागू औषधको युद्ध निरन्तर क्रियाशील क्रुर र भयावह विपत्तिको सामना गर्नु हो । लागूऔषध निर्मूल नभएसम्म युवावर्गको भविष्य अन्धकार हुने भएकोले युद्धको सूची र समय जति लम्बिन्छ, दुव्र्यसनीको जीवन त्यति नै बढी कष्टदायक र खतरनाक बन्दै जान्छ । मानव सृजित लागूऔषधको युद्ध नाटकीय देखिएकोले यसको प्रभावकारितामा प्रश्न उठेको छ ।
लागूऔषध प्राकृतिक र अर्ध–कृत्रिम पदार्थ भएकोले यसको नियमित प्रयोगकर्तालाई दुव्र्यसनी र यसमा लिप्त भईरहनुलाई दुर्वयसन भनिन्छ । दुर्वयसनले मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीमा नकारात्मक असर गरी दुर्वयसननीको सोच्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमतामा विचलन ल्याउँछ । यसको नियमित प्रयोगले शरीर यसैमा निर्भर बन्दै जान्छ तथा प्रयोगको मात्रा लगातार बढाउँदै लग्दा दुर्वयसनीको चेतना, अनुभूति र मनोभावलाई नराम्रोसँग प्रभावित गरी मानसिक विकार जन्माउँछ । दुर्वयसनले जघन्य अपराधिक मनोवृतर्फ डो-याएर समाजमा चोरी, ठगी, अपहरण, वेश्याबृत्ति, बलात्कार, मानव बेचबिखन र हत्याहिंसा बढाउँछ, जसमा करिब ८० प्रतिशत दुर्वयसनी नै संलग्न हुने तथ्याङ्क छ ।
विश्व स्वास्थ्य संगठनअनुसार लागूऔषध प्रयोगकर्तामा करिब ९० प्रतिशतलाई यौन रोग लागेको, ३० करोड दुव्र्यसनी भएकोे र वार्षिक ३.३२ खर्व अमेरिकी डलरको कारोबारको दूषित परिणामले हरेक पाँच मध्धे एकजना मानिसको हेपाटाइटिस, एड्स, अवसाद (डिप्रेसन) र उदासपन वा व्यक्तित्वमा कमीले क्रमशः मृत्यु र आत्महत्या हुन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सर्वेक्षणले जनसंख्याको २८.९ तथा १८.३ प्रतिशत क्रमशः धुम्रपान तथा खैनी र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको अम्मली देखाउँछ । फलस्वरूप शिक्षण संस्थामा करिब ८० प्रतिशत विद्यार्थी कुलतमा छन्, जसमा करिब ५५प्रतिशत प्रत्यक्ष दुर्वयसनी छन् । नेपालमा करिब तीन लाख लागूऔषध दुर्वयसनी छन् । दुव्र्यसनीमध्ये १.५६ लाख औषधीजन्य प्रयोगकर्ता छन्, जसमा १.३ लाख कडा लागूपदार्थको लतमा छन् । नेपालमा दुर्वयसनीको संख्या वर्षेनी ११.३६ प्रतिशतका दरले बढ्ने सन्र्दभमा प्रत्येक वर्ष करिब बाह्र हजार दुर्वयसनीको थप बृद्धि हुँदैछ । शहरी क्षेत्रमा १५–१९ र २०–२९ वर्ष उमेर समूहका क्रमशः १९.९ र २२.४ प्रतिशत दुव्र्यसनी छन्, जसको संख्या काठमाडौँमा पचास हजारको हाराहारीमा छ । यसर्थ काठमाडौँ महानगर पालिकाले समय–समयमा दुर्वयसनीहरूलाई सडकबाट उद्धार गरे तापनि सहर र सहरोन्मुख क्षेत्रमा समेत दुर्वयसन बढ्दो क्रममा छ ।
दुर्वयसनले मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीमा नकारात्मक असर गरी दुर्वयसननीको सोच्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमतामा विचलन ल्याउँछ । यसको नियमित प्रयोगले शरीर यसैमा निर्भर बन्दै जान्छ तथा प्रयोगको मात्रा लगातार बढाउँदै लग्दा दुर्वयसनीको चेतना, अनुभूति र मनोभावलाई नराम्रोसँग प्रभावित गरी मानसिक विकार जन्माउँछ । दुर्वयसनले जघन्य अपराधिक मनोवृतर्फ डो-याएर समाजमा चोरी, ठगी, अपहरण, वेश्याबृत्ति, बलात्कार, मानव बेचबिखन र हत्याहिंसा बढाउँछ, जसमा करिब ८० प्रतिशत दुर्वयसनी नै संलग्न हुने तथ्याङ्क छ ।
लागूऔषध ओसारपसार र प्रयोग नियन्त्रण राष्ट्रिय नीति, २०६३ र लागूऔषध नियन्त्रण रणनीति, २०६६ सफल नभएकोले गृह प्रशासन सुधार योजना, २०७४ अन्र्तगत ७३–७६ बुँदामार्फत सुरु भएको लागूपर्दाथ निषेध र मदिरा नियन्त्रण अभियान, २०७५ समेत असफल हुँदा लागूऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण र क्षति न्यूनीकरणको कार्यमा अवरोध छ । लागूऔषध रोकथामाका लागि विभिन्न गैरसरकारी संस्थाले १९६ सुधार केन्द्रहरू सञ्चालनमा ल्याए तापनि प्रभावकारी नरहेको लागूऔषध नियन्त्रण महाशाखाको निष्कर्ष छ जब कि ५०६ संस्थाहरू गृह मन्त्रालयमा सूचीकृत छन् ।
लागूऔषध दुर्वयसनीको उपचारमा संघीय, प्रदेश र स्थानीय सरकारहरूले न कुनै बजेट विनियोजन गरेका छन् न त नेपाल प्रहरीद्वारा सञ्चालित एक अपवाद बाहेक कुनै सुधार केन्द्र खोलेका छन् ,जब कि अन्तर्राष्ट्रियस्तरमा प्रति चालिसमा बीसले उपचार पाएकै हुन्छन् । एकातर्फत दुर्वयसन निर्मूलीकरणमा सरकारको ध्यान नपुग्दा दुर्वयसनीको संख्या दैनन्दिन बढ्दो छ भने अर्कोतर्फ मनोविज्ञको परामर्श, मनोचिकित्सकीय औषधी–उपचार र सुधार केन्द्रको सहयोगको अभावमा दुर्वयसनीको संख्या गुणात्मक रूपमा बृद्धि हुँदैछ । त्यस्तै प्रशासनको कमजोर उपस्थितिको मूल्य सामुदायिक क्षेत्रले चुकाउँदै छ भने दुव्र्यसनी विरुद्धको रणनीति सहयोगी कम र घातक बढी देखिँदा सरकार त्रसित छ । यद्यपि लागूऔषध विरुद्ध अन्र्तक्रिया, छलफल र प्रभातफेरी जारी छन् ।
लागूऔषधमा लाग्ने समूह वा लागेकालाई दुर्वयसनबाट मुक्त गर्ने ठूलो द्विविधा छ । दण्ड सजाय कम हुनु, जेल गएकाको सामाजिक स्वीकार्यता नहुनु, समाजमा घुलमिल हुनु नसक्नु, अनुगमनको अभाव, स्रोतको सीमितता र खर्चिलो सूचना विधि यथावत छन् । कानुनले दुव्र्यसनीलाई रोगी ठानेर उपचार गर्नुपर्नेमा अपराधी ठान्दा क्षति विकराल छ । लागूऔषध नियन्त्रण ब्यूरोले दुव्र्यसनीहरूलाई पक्राउ गर्दै आए तापनि नैतिकता हराएको समाज अराजक र स्वार्थी हुँदा कतिपय अवस्थामा पीडितले न्यायको सट्टा पीडकले उन्मुक्ति पाएका छन् ।

लागूऔषध दुर्वयसन बन्नुको कारणहरूमा अशिक्षा, गरिबी, तनाव, कुण्ठा, पश्चात्ताप, प्रलोभन, खराब संगत, अभिभावकको लापरवाही, परिवारबाट तिरस्कृत, समाजबाट परित्याग आदि पर्दछन् भने रुने, खाना नरुच्ने, शारीरिक कमजोरी, दुःखी हुने, टाउको दुख्ने, बोल्न मन नलाग्ने, असहायको समुहमा बस्ने, नयाँ–नयाँ प्रयोग गर्ने, घटना सामना गर्न असमर्थ र ईच्छाशक्तिको अभाव आदि दुर्वयसनका लक्षणहरू हुन् ।
कुनै पनि दुर्वयसनी जिउँदो लास बनेर सडकमा सुत्न वा बेवारिसे रूपमा मर्न नपरोस् भन्नाकै खातिर दुर्वयसनीको बाँच्न पाउने मानव–अधिकारलाई हेक्का राख्दै दुर्वयसनीलाई पुर्नजीवन दिनु समाजको दायित्व हो । फगत डर देखाएर दुर्वयसन नहट्ने प्रमाणित भएकोले पुर्नस्थापनालाई प्राथमिकतामा राख्दै मनोविद्को निरन्तरको परामर्श, मनोचिकित्सकको सल्लाहबमोजिम औषधी सेवन, मनोचिकित्सकीय अस्पतालको उपचार विधि र सुधार केन्द्रको सहयोग पद्धतिले दुव्र्यसन छुटाउन सकिन्छ । तथापि दुव्र्यसन निर्मूल गर्न घर–परिवार र समाजकै सहयोग महत्वपूर्ण हुन्छ ।
दुर्वयसनी हुनु अपराधी, श्राप वा अभागी कर्म होइन अपितु बाटो बिराएको रोग हो, जसबाट धेरै दुर्वयसनी बाहिर निस्कन चाहन्छन् ।दुर्वयसनीलाई सुधार्न सराप्नुको सट्टा प्रेम, दया र सदभाव देखाई कुलत छुटाउनु मद्दत गर्नुपर्दछ । उच्च महत्वाकांक्षा, हीनताबोध र दम्भ त्याग्न सके कुलत हटाउन सकिन्छ । बर्बादी कारकको आत्मबोध तथा गालीभित्र माया र प्रेम लुकेको भावनानुभूति दुव्र्यसन त्याग्ने सर्वश्रेष्ठ माध्ययम हो । दुव्र्यसनीलाई सम्बोधन गर्नका लागि पारिवारिक र सामाजिक सहकार्य, सुरक्षाको प्रत्याभूति र नयाँ परिस्थितिको सामना गर्ने सहज वातावरणको आवश्यकता पर्दछ ।
वंशानुगत कुलतले परिवारका अन्य सदस्यलाई समेत आर्कषण गर्ने सम्भावना भएकोले अभिभावकले सन्तानको दैनिक गतिविधि, व्यावहारिक परिवर्तन वा दुव्र्यसनी बन्नुको जड समयमै पत्ता लगाएर निरन्तरको हेरविचारद्वारा सही मार्गदर्शन दिने कर्तव्य हुन्छ । तथापि अधिकांशले प्रतिष्ठा, शंकोच वा लान्छनाका डरले समाजले हेर्ने दृष्टिकोण बदलिन्छ भन्ने ठान्दै सहायता खोज्नुको सट्टा दुव्र्यसनलाई ढाकछोप गर्दछन्, जसलाई कतिपय अवस्थामा अभिभावक र शिक्षण संस्थाले सार्वजनिक गर्दैनन् । यद्यपि दुव्र्यसन निर्मूल गर्ने दायित्वबाट प्रशासन विमुख हुन नसक्ने भएकोले यस सन्र्दभमा प्याब्सन, एनप्याब्सन र हिसानको भूमिका समेत महत्वपूर्ण हुन्छ । राष्ट्रिय शिक्षा नीतिमार्पmत दश जोड दुईको सामाजिक पुस्तकलाई अनिवार्य रूपमा नेपाली भाषामा ल्याएर लागूऔषध विरुद्धका विषयवस्तुको समायोजनसहित सार्वजनिक विद्यालयका सामाजिक शिक्षकको समन्वयात्मक गतिविधिद्वारा थप चेतना पैmलाउन सकिन्छ, जसलाई शिक्षा मन्त्रालयले पाठ्यक्रममा समावेश गर्न अत्यावश्यक छ ।
दुर्वयसनी हुनु अपराधी, श्राप वा अभागी कर्म होइन अपितु बाटो बिराएको रोग हो, जसबाट धेरै दुर्वयसनी बाहिर निस्कन चाहन्छन् ।दुर्वयसनीलाई सुधार्न सराप्नुको सट्टा प्रेम, दया र सदभाव देखाई कुलत छुटाउनु मद्दत गर्नुपर्दछ । उच्च महत्वाकांक्षा, हीनताबोध र दम्भ त्याग्न सके कुलत हटाउन सकिन्छ
राहदानी ऐन, २०७६ कोे दफा १२ लाई संशोधन गर्दा लागूऔषध दुव्र्यसन वा कारोबारमा मुद्दा चलेका वा कसुरदार भई जेल सजाय भोगि सकेकालाई अनिवार्य रूपमा कालोसूचीमा राखेर जीवनभर राहदानी वितरण गर्नु हुँदैन । संयुक्त राष्ट्र संघको अह्वानमा लागूऔषध दुरूपयोग र अवैध ओसारपसारको कार्य समीक्षा र उपलब्धि मुल्याङ्कन गर्दा सम्बन्धित गैरसरकारी संस्थाहरूको आर्थिक एवम् भौतिक चलखेल पूर्ण रूपमा पारदर्शी र प्रगतिशील हुन जरुरी छ । नेपालले जिनिभा सन्धिमा हस्ताक्षर गरेको र सार्कको वडापत्रमै पारित भएको लागूऔषध विरुद्ध शून्य सहनशीलतामा गृह र परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण आवश्यक छ ।
लागूऔषध सहज रूपमा उपलब्ध नभएमा दुव्र्यसनीको संख्या स्वतः कम हुने भएकोले समुदायस्तरबाटै दुव्र्यसन नियन्त्रणमा पहल गर्न जरुरी छ । सामाजिक सञ्जालमार्पmत् लागूऔषध विरुद्ध दवाव सृर्जना गर्न बहिष्करणको ऐक्यबद्धता र नैतिक शिक्षाको प्रतिबद्धता आवश्यक छ । प्रत्येक स्थानीय तहमा सामूहिक सपथका साथ दुव्र्यसन निषेधित क्षेत्र घोषणा गर्न नागरिक समाज सजग बन्दा गतिशीलता देखिन्छ । लागूऔषधको अवैध खेती, उत्पादन, बेचबिखन, ओसारपसार र दुव्र्यसन नियन्त्रण गर्न प्रहरी सक्रियतामा थप दृढता, अनुशासन र सदाचारसहित नागरिकको सहयोगमा नयाँ कार्यविधि, प्रयोग र शैलीद्वारा विशेष निगरानी, अनुसन्धान र नतिजाउन्मुख प्रशिक्षणका माध्ययमबाट सचेतना पैmलाउनु पर्दछ । लागूऔषध दुव्र्यसनी, कारोबारी र पटके अभियुक्तको न्यायिक निरुपण छिटो सम्पादन गर्न ‘लागूऔषध अदालत’ गठन गर्न उपयुक्त हुन्छ । परिमार्जन प्रक्रियामा रहेको लागूऔषध नियन्त्रण ऐन, २०३३ मा कडाभन्दा कडा कानुनी व्यवस्था समेट्दै स्थानीय, प्रदेश र संघीय सरकारमार्फत यथोचित बजेट विनियोजन गरी लागूऔषधको युद्ध जित्न अत्यावश्यक छ ।
एकै सोचले जीवन परिवर्तन सम्भव भएकोले दृढ आत्म विश्वासका साथ सकारात्मक सोचसहित जीवनशैलीमा व्यापक र इच्छाशक्तिमा अपार सुधार ल्याएमा दुव्र्यसन सदाका लागि निर्मूल हुन्छ । प्रत्येक नागरिकले समाजमा उपलब्धिमूलक कार्य गर्न सक्ने भएकोले लागूऔषधविनाको जीवन सुन्दर र रोमाञ्चित भएको सन्देशसहित दुव्र्यसनरहित समाज निर्माण अपरिहार्य छ ।
(अधिकारी सामाजिक अभियन्ता हुन्)






