भृकुटीमण्डपमा बृहत जुत्ता चप्पल मेला


काठमाडौ । नेपालका प्रतिष्ठित जुत्ताचप्पल कम्पनीहरुको बृहत मेला काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपालमा उत्पादित जुत्ता चप्पलको बजार प्रबर्द्धन गर्ने उदेश्यका साथ फागुन एक गते देखी काठमाडौको भृकुटीमण्डपमा बृहत जुत्ता चप्पलमेला सुरु भएको हो ।

नेपालको बजार क्षेत्रमा लामो इतिहास बोकेका प्रतिष्ठित जुत्ता कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवाक,रन शु र शुल्याण्डले मेलाको आयोजना गरेका हुन् ।

भृकुटीमण्डप भित्र छिर्ने बित्तिकै दायाँ साइडको चौरमा लागेको उक्त मेलामा नेपाली उत्पादित थरीथरीका जुत्ताचप्पलहरु रहेका छन् । बच्चा देखि जेष्ठ नागरिक सम्म महिला पुरुषका गरि करिब दुईहजार मोडलका जुत्ता चप्पल रहेका छन् ।

एक सय देखी एक हजारसम्मका चप्पल र २ सय ५० देखी आठ हजार सम्मका जुत्ता पाइने उक्त मेलामा १५ देखी ५० प्रतिशत सम्म छुटको दिइएको छ ।

बजारमा ग्राहकले हाम्रा जुत्ता मात्र किन्ने हुँदा सुवेक्षुक ग्राहकले सुझाव दिने स्थान पनि नपाउने हुँदा प्रत्यक्ष ग्राहक संग भेटघाट संगै ग्राहकका सुझाव लिनको लागी पनि मेलाको आयोजना गरिएको ल्यान्डवाक सौरव श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 886 times, 1 visits today)

epaper

ताजा समाचार

निकास र विकासमा असफल प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा दिन जेनजीको सुझाव