प्रदेश २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेश’bout अध्ययन शुरु

जनकपुरधाम । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गरेका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गरेका हुन् ।

कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहेको जनाइएको छ । राज्यमन्त्री यादवले आज बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको कीरा सलह नै भएको पुष्टि भएकाले यस’bout गहन अध्ययन र निरूपण’bout कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गरेको बताए ।

वैज्ञानिकहरूले कीराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउने’bout अनुसन्धानसमेत शुरु गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित