सर्लाहीमा ४ सय ६२ जनाले जिते कोरोना

सर्लाही । सर्लाहीमा शनिबारसम्ममा ४ सय ६२ जनाले कोरोना भाईरस जितेर घर फर्किसकेको छ । शनिबार ४ जना नयाँ कोरोना संक्रमित थपिए सँगै कोरोना संक्रमित हुनेको संख्या ६ सय १९ पुगेको छ ।

जसमध्ये ४ सय ६२ जना कोरोना जितेर घर फर्किसकेका छन भने बाँकी रहेको १ सय ५७ जना कोरोना संक्रमित बिरामीहरुको जिल्लामा रहेको विभिन्न आइसोलेसन कक्षमा उपचार भैरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए । डिस्चार्ज हुनेहरु ब्रह्म्पुरीका गाउँ,हरिवन नगरपालिकाका,हरिपुर नगरपालिका,मलंगवा नगरपालिका लगायत जिल्लाका अन्य पालिकाका रहेका छन् ।

सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई विशेष कोरोना अस्पताल सहित चन्द्रनगर, मलंगवा, हरिपुर, विष्णु, बरहथवा, हरिवन, बागमती, हरिपूर्वा र ईश्वरपुर गरी ९ पालिकामा आइसोलेसन कक्ष संचालनमा छ। जिल्लाभरीमा हालसम्म ६ सय १९ जना कोरोना संक्रमितहरु मध्ये ४ सय ६२ जना जनकपुर, काठमाडौं, बारा, बिरगंज र सर्लाहीका आइसोलेसन समेत गरी उपचार पश्चात निको भएर घर फर्किसकेका छन् । जिल्लाका ९ आइसोलसन कक्षमा अहिले पनि जिल्ला भरीका १ सय ५७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेकोले नयाँ कोरोना संक्रमित भन्दा कोरोना जितेर घर फर्कनेको संख्या बढिरहेका अस्थाई विशेष कोरोना अस्पताल मलंगवाका डाक्टर रवी कुमार साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित