Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३चट्याङ : बढी क्षति, तर कम तयारी

चट्याङ : बढी क्षति, तर कम तयारी

,
sharethis

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक/एक गरी एकै दिन यति धेरै मानिसले चट्याङ लागेर ज्यान गुमाए ।

प्राप्त तथ्याङकमा नेपालमा गएको वैशाखदेखि असारको दोस्रो हप्तासम्म चट्याङबाट मात्र ४० जना नेपाली नागरिकको मृत्यु भइसकेको छ । उक्त अवधिमा १३२ घाइते भएका छन् र घाइतेमध्ये अधिकांश गम्भीर प्रकृतिका घाइते छन् । यसै अवधिमा बाढी र पहिरोबाट १७ जनाले ज्यान गुाएका थिए । यस सयममा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोले १६ जना घाइते भएका छन् ।

बाढी पहिरो, आगलागीजस्ता अरु प्राकृतिक विपत्तिको जस्तो चट्याङले मानिसको ज्यान लिएको समाचार खासै बाहिर आउँदैन । तर पनि मानवीय क्षतिका हिसाबले भने पहिलो नम्बरमै चट्याङ देखिन्छ । त्यस्तै बाढी, पहिरो, आगलागीजस्ता अन्य प्राकृतिक विपत्तिका क्षति रोक्नेजस्ता कार्यहरुजस्तो प्राथमिकतामा पनि चट्याङ पर्दैन । त्यसरी रोक्नसक्ने खासै भरपर्दो विधि पनि नेपालमा त्यति सिफारिश गर्ने र सरकारले लागू गर्ने गरेको पनि पाइँदैन । यसरी मुलुकको प्राथमिकतामा नपर्दा चट्याङबाट पनि धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ ।

गतवर्ष पनि रुपन्देही, कपिलवस्तु, झापा र मोरङमा एकैदिन चट्याङका कारण १० जनाले ज्यान गुमाएका थिए । दुई दिनको अन्तरालमा झण्डै ५०० भेडाबाख्रा पनि चट्याङले मारेको थियो । विसं २०७६ मा चट्याङका कारण मात्र देशभरमा ८९ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यस्तै गतवर्ष चट्याङबाट ३६० जना घाइते भएका थिए । पछिल्ला वर्षहरुमा चट्याङको प्रकोप बढेको छ र यसबाट नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या पनि बढ्दो देखिएको छ ।

पछिल्लो १० वर्षको अभिलेखमा मानवीय क्षतिका हिसाबले बाढी पहिरो भन्दा बढी चट्याङ्ले असर गरिरहेको तथ्याङ्क छ । घाइतेको अवस्था विश्लेषण गर्दा चट्याङबाट तेब्बर बढी मानिस प्रभावित भएका छन् ।

प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको पनि देखिन्छ । तर मुलुकमा त्यसरी चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेको चट्याङ्विद् डा श्रीराम शर्मा बताउँछन् । विगत १३ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका डा शर्मा नेपालले चट्याङबाट हुने विपद रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न नसकेको बताँछन् ।

उनका अनुसार विसं २०६६ देखि २०७६ सम्मको अभिलेखमा चट्याङबाट ९२९ जनाको मृत्यु भएको छ । सोही अवधिमा पहिरोका कारण ९०१ जनाले ज्यान गुमाए । बाढीबाट ७५५ जनाको मृत्यु भएको छ । आगलागीबाट ६१३ को मृत्यु भएको थियो ।

सोही समयावधिमा चट्याङबाट दुई हजार ४५४ जना घाइते हुँदा बाढी र पहिरोका कारण ९०० को हाराहारीमा घाइते भएका छन् । विवरणमा मानवीय क्षति हेर्दा बाढी पहिरोभन्दा पनि चट्याङको बढी देखिन्छ । औषतमा वार्षिक १०८ ले चट्याङ्बाट ज्यान गुमाउँछन् । तर चट्याङबाट बच्ने उपाय अवलम्बन गर्न मानिसमा आवश्यक चेतना पुग्न नसकेको र सरोकारवाला निकायको समेत ध्यान पुग्न सकेको छैन ।

विश्वकै शक्तिशाली मानिएको मुलुक अमेरिकाको अभिलेखमा ८०÷९० वर्ष अघि चट्याङले वार्षिक ३८० जनाको ज्यन जान्थ्यो । अहिले ३० भन्दा बढी मृत्यु हुँदैन । ‘त्यो उदाहरण हेरेर पनि हामी भन्न सक्छौँ, गर्न सके क्षति रोक्न सकिने रहेछ’, डा शर्माले प्रश्न गरे, ‘अन्य युरोपियन मुलकुमा पनि फलानो क्षेत्रमा चट्याङको सम्भावना छ भनेर अनुमान गर्ने अवस्था छ, अनुमान ९० प्रतिशत मिल्छ, हाम्रोमा प्रयोग गर्न किन नसक्ने ?’

हुनत अहिले केही प्रयास शुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो कुरा चेतनामुलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउँछन् ।

क्षतिका हिसाबले चट्याङ पहिलो नम्बरमा रहेकाले यसपटकदेखि भवन संहितामा समेत चट्याङ्लाई सम्बोधन गरिएको र बढी चट्याङ पर्ने क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका विभिन्न नौ स्थानमा चट्याङ मापक केन्द्र स्थापना गरेको छ । चट्याङ्विद् डा शर्मा त्यो सुषुप्त अवस्थामा रहेको छ भन्छन् । त्यसलाई सदुपयोग गर्न सकिए पनि धेरै जानकारीहरु बाहिर आउने उनी बताउँछन् ।

विभागले जल तथा बाढीको तीन दिनसम्मको मापन गरेर विवरण दैनिक सार्वजनिक गर्दै आएको छ तर चट्याङलाई प्राथमिकता दिएको पाइँदैन । मौसमविद् गङ्गा नगरकोटी यहाँ यसरी चट्याङ पर्दैछ भनेर अघिल्लो दिन नै अनुमान गर्ने अवस्था नरहेको तर त्यस केन्द्रले एक घण्टा पछि कुन क्षेत्रमा पर्दैछ र कहाँकहाँ चट्याङ पर्यो भन्ने मापन गर्ने बताए । उनका अनुसार ‘प्रि–मनसुन’ पछि अहिलेसम्म मुलुकको प्रदेश नं १, २ र ५ को तराई क्षेत्रमा चट्याङ परेको छ ।

‘चट्याङले मानवीय क्षति मात्रै गरेको छैन, भौतिक सम्पत्तिमा समेत क्षति पुर्याएको छ तर पनि त्यसको लेखाजोखा भने छैन । बाढीले देखिनेगरी भौतिक सम्पत्तिमा क्षति गर्छ तर चट्याङ् गुपचुपमा क्षति पुर्याएर जान्छ, अनि कसैलाई चासो हुन्न’, चट्याङ्विद् डा शर्माले भने ।

खेतमा काम गर्दागर्दै या सुतिरहेको बेला चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ । चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो जनधनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ । तर क्षति न्यूनीकरणका उपाय भने शून्य नै छ ।

नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा सहरी क्षेत्र डुबानको जोखिममा छ । तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ । विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङका विषयमा ध्यान कम पुग्छ । चट्याङ आगलागीको समेत प्रमुख कारण हो । कतै चट्याङ परेको हुन्छ र त्यसको भोल्टेज बढेर तार कमजोर भएको घरमा विद्युत सर्ट भई आगलागी हुन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

हालैमात्र नेपालसँग सीमा जोडिएको मुलुक भारतको विहार उत्तर प्रदेशमा एकैरातमा परेको चट्याङ्का कारण १०० जनाभन्दा बढीको ज्यान गएको छ । विहारमा मात्र ८३ जनाले ज्यान गुमाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका थिए । नेपालमा पनि झापा, मकवानपुरमा बढी चट्याङ् पर्ने गर्दछ । नेपालमा चट्याङ्का कारण गतवर्ष ९२ जनाको मृत्यु भएको र ३०० जना घाइते भएको अभिलेख छ ।

के हो चट्याङ, कसरी जोगिने ?

चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।

चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने डा शर्मा बताउँतछन् ।

प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।

सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया

(Visited 198 times, 1 visits today)

आजको समाचार

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

साताका लोकप्रिय समाचार

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे

  काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

प्रहरी र सशस्त्र प्रहरीमा विभूषणको अर्थ

  काठमाडौं । सुरक्षा निकायमा भने विभूषणले ठूलो अर्थ राख्छ । योपटक नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित विभिन्न तहका १ सय १९ जनालाई...

ट्रेन्डिङ

लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न प्रदेश सरकारलाई पत्रकारहरूको सुझाव

मोरङ । विराटनगरका पत्रकारहरूले प्रदेश सरकारलाई कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाको विकल्प खोज्न सुझाव दिएका छन् । बिहिबार प्रदेश १ को आन्तरिक...

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडी अब इटहरीमा, यस्ता छन् विषेशता

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्जअन्तर्गतका पाँचवटा नयाँ गाडी बिक्रीका लागि सार्वजनिक गरेको छ । पूर्वाञ्चलको इटहरीमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)